‘ट्राफिक व्यवस्थापनको लागि जिल्ला ट्राफिक कार्यालय बारा निजगढले संचालन गरेको विशेष अभियान’ अन्तर्गत शुक्रबार सम्ममा १ सय २० वटा सवारी साधन कारबाहीमा परेका छन ।
अभियान अन्तर्गत ट्राफिक प्रहरीले जरिवाना बापत १ लाख २० हजार ६ सय रुपैया राजस्व पनि संकलन गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले जिल्लाका विभिन्न स्थानहरूमा चोकजाँच गरी ट्राफिक नियम विपरित चलाईएका सवारी साधनका चालकहरुलाई कारबाही गरेको थियो ।
यस क्रममा ३ वटा भारतीय नम्बर प्लेटका सवारीसमेत नियन्त्रणमा लिएर भन्सार कार्यालय वीरगञ्ज पठाइएको जिल्ला ट्राफिक प्रहरी कार्यलय बाराका प्रमुख प्रहरी निरिक्षक राम कुमार महतोले बताए ।
सवारी दुर्घटना न्यूनीकरणको लागि ट्राफिक प्रहरीले केही दिनदेखि जिल्लाका विभिन्न स्थानमा चेक जाँच अभियान संचालन गर्दै आएको छ ।



