सहिद मुखलाल स्मृति प्रतिष्ठान नेपालको साधारण सभा र रेडियो निजगढको वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ ।

मंगलबार निजगढ नगरपालिका ९ स्थित सगरमाथा सहकारीको सभाहलमा संस्थाको साधारणसभा र वार्षिकोत्सव सम्पन्न भएको हो ।

साधारणसभामा सहिद मुखलाल स्मृति प्रतिष्ठानका अध्यक्ष, पुर्वमन्त्री एंव संविधान सभाका सदस्य पुरुषोत्तम पौडेलले सभाको सभापतित्व गरेका थिए ।

कार्यक्रममा रेडियो संचालक समितिका संयोजक सुदर्शन कोइरलाले रेडियोको प्रगति प्रतिवेदन र सदस्य रुद्र धितालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कार्यक्रमको संचालक रेडियो निजगढका संचालक गोकुल घोरसाईनेले गरेका थिए ।

कार्यक्रममा प्लस टु परीक्षामा निजगढ नगरपालिकाबाट सर्वोत्कृष्ट अंकसहित उतिर्ण हुने निजगढ नगरपालिका– ८ स्थित गौरीशंकर माध्यमिक विद्यालयकी छात्रा दिया गोले र निजगढ नगरपालिका– ९ स्थित गौरीशंकर क्याम्पसबाट उत्कृष्ट अङ्कसहित उर्तीण हुने प्रतिमा लामा रुम्बालाई ‘टंकनाथ–रत्नकुमारी स्मृति अक्षय कोष’ बाट नगद दश हजारसहित सम्मान गरिएको छ । प्रतिष्ठानले निजगढ क्षेत्रमा संचालनमा रहेका सामुदायिक विद्यालय र क्याम्पसको अन्तिम कक्षाको परीक्षामा सबैभन्दा बढी अंक ल्याएर उर्तिण हुने २ जना छात्रछात्रालाई हरेक वर्ष १०/१० हजारको दरले ‘जेहेन्दार विद्यार्थी पुरस्कार’बाट सम्मानित गर्दै आएको छ ।

कार्यक्रमा प्रतिष्ठानकी कोषाध्यक्ष लिलादेवी खनालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने रेडियो निजगढका प्रबन्धक गोकुल घोरसाइनेले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।

निजगढ नगरपालिका वडा नम्बर ७ स्थित सगरमाथा सहकारीको सभाहलमा भएको सो साधारण सभामा मुखलाल स्मृति प्रतिष्ठान र रेडियो निजगढका आजिवन सदस्यहरुलाई प्रमाण पत्र समेत वितरण गरिएको थियो ।

कार्यक्रममा समाजसेवी एकबहादुर श्रेष्ठ, जिल्ला समन्वय समिति बाराकी उपप्रमुख चण्डिका सापकोटा उप्रेती, निजगढ नगरपालिकाकी पहिले उपप्रमुख लिलादेवी लामिछाने, माधव न्यौपाने, रामकृष्ण घिमिरे, ढुण्डीराज उप्रेती, सुदिप तिमल्सिना लगाएतको उपस्तिथि रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय