बारा क्षेत्र नं. १ क को प्रदेशसभा सदस्य पदमा नेकपा एमालेका उम्मेदवार त्रिलोकी प्रसाद चौधरीले अग्रता बनाएका छन् ।
चौधरी अहिले नेपाली कांग्रेसका उम्मेदवार रमेश प्रसाद दंगाल भन्दा ४ सय ९२ मतले अगाडी छन् ।
यस क्षेत्रमा १८ हजार ४ सय ६८ मत गणना हुँदा चौधरीले ७ हजार १ सय ५४ र दंगालले ६ हजार ६ सय ६३ मत पाएका छन् भने हाल सम्ममा ५ सय १२ मत बदर भएको छ । चौधरीले गणनाको सुरुवातदेखि अग्रता लिएका थिए ।



