
नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण भेटिएको छ ।
पर्सामा ३९, कपिलवस्तुमा ८, रुपन्देहीमा ९ र बारामा १ गरी ५७ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सहप्रवक्ता डा समीरकुमार अधिकारीले जनाएका छन् ।
यससँगै नेपालमा संक्रमितको संख्या १ सय ९१ पुगेको छ ।
बारा जिल्लामा थप १ जनामा कोरोना संक्रमण
बारामा २ साता अगि बुधबार एकै दिन दुई जनामा कोरोना भाइरस (कोभिड—१९) को संक्रमण पुष्टि भएको थियो ।
जीतपुर सिमरा उपमहानगरपालिका ७ का ४७ वर्षीयलाई आफ्नैै घरमा बस्दै आएका र घर सिम्रौनगढ नगरपालिकाका भएतापनि उपमहानगरपालिका १९ मा रहेको स्थानिय मस्दितमा बस्दै आएका ३१ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यस पछी आज थप एक जनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
यससँगै बारामा संक्रमितको संख्या ३ पुगेको छ ।
