निजगढ,
नेपाली काँग्रेस शेरबहादर देउवा समूहको १५औँ महाधिवेशनअन्तर्गत निजगढ नगर अधिवेशन आज सम्पन्न भएको छ ।

अधिवेशनले अमिर लामा मोक्तानको नेतृत्वमा २७ सदस्यीय नगर कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

अधिवेशनले सभापतिका अन्य आकांक्षीहरुलाई महाधिवेशन प्रनिनिधिमा व्यवस्थापन गर्दै मोक्तानलाई सर्वसम्मत सभापति चयन गरेको हो । मोक्तान यसअघि निजगढ नगर अधिवेशनको लागि केन्द्रीय समितिको तर्फबाट निजगढ संयोजक तोकिनुभएको थियो ।

निजगढ ९ स्थित होटल राजमार्गमा दिउसो १ बजेबाट सुरु भएको सो अधिवेशनको बन्द सत्र राति ८ः३० बजेपछि सकिएको थियो । सभापतिमा सहमति जुटाउन समय लागेपछि कार्यसमितिका पदाधिकारी घोषणामा ढिलाइ भएको बताइएको छ ।

नगर सभापति पदका आकांक्षी निजगढ नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष मंगले लोप्चन र सीता अधिकारी भने महाधिवेशन प्रतिनिधिमा छनौट भएका छन । उनीहरु दुबैले दाबी नछोडेपछि मोक्तानको नाममा सहमति बनेको थियो ।

यसअघि सभापतीको लागि दाबी गर्दैआएका निजगढ ९ का खडकराज मैनाली र प्रदीपकुमार उप्रेती भने अधिवेशनमा नै सहभागी भएका थिएनन् ।

कार्यक्रममा बारा क्षेत्र नम्बर १ का क्षेत्रीय सभापती सोभीलाल मण्डल, नेता भगतप्रसाद साह, निर्वाचत अधिकृत बन्दुप्रसाद चौधरी, कोल्हबी नगर सभापती विरेन्द्र चौधरी, आदर्शकोतवाल गाउँपालिका सभापती रुपेश सिंह, सिम्रौनगढ नगर सभापती हरेन्द्र कुशवाहालगायत देउवा समूहका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

उद्धाटन सत्रको संचालन नगर अधिवेशन आयोजक मनकुमार अधिकारी ‘मनको साथी’ले गर्नुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय