निजगढ,   निजगढ नगरपालिकाले चालु आर्थिक वर्ष २०८३÷०८४ को लागि आह्वान गरेको नदीजन्य पदार्थ बिक्री वितरणको ठेक्का महागौंरी सप्लार्यस निजगढ नगरपालिका ९ ले सकारेको छ ।

नगरपालिका कार्यालयले बुधवार खोलेको शिलबन्दी बोलपत्रमा महागौंरी सप्लार्यसले भ्याट सहित सबैभन्दा बढी ११ करोड ११ लाख ९२ हजार ११४ रुपैया ठेक्का सकार गर्न कबोल गरेको हो ।

नगरपालिकाले नगर क्षेत्रभित्र पर्ने बकैया, धन्सार, लाल–भक्तलाल, बगर खोलाबाट ८१ लाख ६० हजार ३९८.६० घनफिट अर्थात् २ लाख ३१ हजार ३०३.८१ घन मिटर नदीजन्य पदार्थ– ढुंगा, गिट्टी, बालुवा, रोडाआदि नदीजन्य पदार्थको बिक्री वितरण शुल्कसम्बन्धि आय ठेक्का बन्दोवस्त गर्न मूल्य अभिवृद्धि कर बाहेक न्यूनतम ८ करोड १६ लाख ३ हजार ९८६ रुपैयामा बोलपत्र सकार गर्न गत भदौं ३१ गते सूचना आह्वान गरेको थियो ।

कार्यालयको सूचनाअनुसार ३ वटा कम्पनीले मात्रै ठेक्का सकार गर्न इच्छा देखाएका थिए । जसअनुसार कटुवाल निर्माण सेवा हेटौडा उपमहानगरपालिकाले १० करोड ३३ लाख ३३ हजार ३३ रुपैया र श्री जय गणेश सप्लार्यस जीतपुुरसिमरा उपमहानगरपालिका १ बाराले ९ करोड ६२ लाख ९९८ रुपैया कबोल गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय