आज एकाएक कुनै अपराधीझैँ पर्सा प्रहरीले पत्रकार तिवारी यादवलाई पक्राउ गरेको छ ।

वीरगन्ज स्थित सामुदायिक रेडियो नारायणी एफएम तथा नयाँ पत्रीकाको पर्सा संवाददाता यादवलाई प्रहरीले अपहरण शैलीमा पक्राउ गरेको छ ।

वीरगन्जको लिंकरोडस्थित एफएम स्टेशनकै प्रवेशद्वारबाट आइतबार दिउसो २ बजे पत्रकार यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

दुईवटा प्रहरी भ्यानमा आएका प्रहरीले यादवलाई लछारपछार गर्दै प्रहरी भ्यानमा हालेर लगेको प्रत्यक्षदर्शी एफएमका प्राविधिक प्रमुख दिपेन्द्र साहले जानकारी दिए । 

एफएम स्टेशनको प्रवेशद्वार छेउकै सडकपेटीमा मोटरसाइकल राखेकै निहुँमा यादवलाई लछारपछार गर्दै प्रहरी भ्यानमा हालेर लगेको थियो ।

प्रहरीले गाली गर्दै मोटरसाइकल हटाउन भने, तिवारी यादवले गाली नगर्नुस् म हटाइ हाल्छु भन्ने वित्तिकै एक जना प्रहरीले लछारपछार गर्दै यादवलाई गाडीमा हालेर लगे ।

प्रहरी भ्यानमा हालेपछि प्रहरीले यादवको मोबाइल पनि खोसेर राखेको प्रत्यक्षदर्शीले बताए । एफएम स्टेशनकै गेटबाट पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा लगिएका पत्रकार यादवलाई प्रहरीकै भ्यानभित्र राखिएको र उनलाइ गाडीबाट झर्न दिइएको छैन । 

पत्रकार यादवलाई प्रहरीले पक्रेर लगेको खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालय पर्सामा पुगेका संचारकर्मीलाई समेत यादवसँग भेट गर्न दिइएको छैन ।  प्रहरी कार्यालयको मुल गेट बाहिर भेटिएका नेपाल पत्रकार महासंघ पर्सा  शाखाका अध्यक्ष श्याम बन्जराले प्रहरीको ज्यादती बढेको बताए । 
लकडाउनमा प्रहरीको ज्यादती बढेको छ, उनले भने, ‘अरु तिरको रिस प्रहरीले संचारकर्मीमाथि पोख्न थालेको छ, प्रहरीको यो रवैयाको सशक्त प्रतवाद गरिन्छ ।’ 

यता पर्साकी प्रहरी उपरीक्षक गंगा पन्त तथा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी बिष्णु कार्कीले गैरजिम्मेवार बन्दै संचारकर्मीको फोन समेत उठाएका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय