निजगढ,      बाराको निजगढ नगरपालिका– ११ रतनपुरबाट प्रहरीले भरुवा बन्दुक, बारुद र पासोसहित एक जना सिकारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय मोतिलाल रुम्बाका ३९ वर्षीय छोरा शम्शेर रुम्बा रहेका छन् ।

इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलीले मंगलबार बिहान १०ः३० बजे रतनपुर पश्चिम टोलस्थित फुटबल ग्राउण्ड नजिकबाट रुम्बालाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार रुम्बाको साथबाट जंगली जनावर मार्न प्रयोग गरिन बारुद लोड गरिएको एक थान भरुवा बन्दुक, सेतो प्लास्टिकको डब्बामा राखिएको करिब ८० ग्राम बारुद, बारुद बनाउन प्रयोग हुने पटका तथा बाँसको टुक्रामा प्लास्टिकको डोरी र रबरको ट्युबले बाँधेर बनाइएको एक थान पासोसमेत बरामद गरिएको छ । रुम्बासंगै रहेका अर्का एक जना सिकारी भने फरार रहेको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक दाताराम अधिकारीले जानकारी दिनुभयो ।

पक्राउ परेका रुम्बाविरुद्ध हातहतियार तथा खरखजाना मुद्दा दर्ता गरी जिल्ला अदालत बाराबाट पाँच दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय