निजगढ,
निजगढ ६ स्थित जनसृजनशील सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रमा वृक्षारोपणसहित विभिन्न कार्यक्रम आयोजना गरेर आज सामुदायिक वन दिवस मनाइएको छ ।

सो अवसरमा वन समूहको वनमा पर्ने जाँतेकुनास्थित पर्यटकीय क्षेत्रमा विभिन्न जातका १ सयभन्दा बढी सौन्दर्यबद्र्धक बिरुवाहरु रोपिएको समूहका अध्यक्ष कुशबहादुर थपाले जानकारी दिनुभयो ।
“अबको सामुदायिक वन ः युवा सहभागिता, हरित अर्थतन्त्र र दिगो व्यवस्थापन” भन्ने मूल नाराका साथ मनाइएको सो कार्यक्रममा बोल्दै सामुदायिक वन उपभोक्ता महासंघ बारा जिल्ला अध्यक्ष रामजी बजगाईले हरियाली प्रबद्र्धन, राजश्व संकलन र रोजगारी अभिवृद्धिमा सामुदायिक वन समूहले उल्लेखनीय भूमिका निर्वाहा गर्दैआएको बताउनुभयो ।

त्यसैगरी निजगढ सबडिभिजन वन कार्यालयकी प्रमुख शर्मिला नेपालले वन संरक्षणमा समूहले महत्वपूर्ण योगदान गर्दैआएको र यसलाई अझ प्रभावकारी रुपमा अघि बढाउनुपर्नेमा जोड दिनुभएको थियो ।

सामुदायिक वन उपभोक्ता निजगढ नगर महासंघका संयोजक समेत रहनुभएका वन समूहका अध्यक्ष कुशबहादुर थापाको अध्यक्षतामा भएको सो कार्यक्रममा निजगढ २ को वनदेवी वन समूहका अध्यक्ष प्रहलाद लामिछाने, निजगढ २ स्थित सरस्वति वन समूहका अध्यक्ष राम थापा, निजगढ ४ को बाघभैरव सामुदायिक वन समूहका अध्यक्ष अमरलाल स्याङ्गतान, कछडिया वन समूहका अध्यक्ष बिगुलाल धामी र निजगढ ५ को जनजागृति सुन्दर वन समूहका अध्यक्ष भिमप्रसाद तिमल्सिनाको सहभागिता रहेको थियो ।

त्यसैगरी कार्यक्रममा निजगढ ७ स्थित जनहित सामुदायिक वन समूहकी अध्यक्ष चन्द्रिका पुलामी, जनज्योति वन समूहकी उपाध्यक्ष रत्न बर्तौला, कोषाध्यक्ष भवानी श्रेष्ठ, निजगढ ९ को बकैया नागमणी वन समूहका अध्यक्ष सालिकराम ढुङ्गाना र कोषाध्यक्ष कृष्णप्रसाद खरेलको सहभागिता रहेको थियो । त्यस्तै कार्यक्रममा निजगढ ९ को आदर्शसदावहार वन समूहका अध्यक्ष रामकुमार श्रेष्ठ, निजगढ ११ को जनमुखी वन समूहका अध्यक्ष सुरेश गुरो, निजगढ १२ को पशुपती वन समूहका धनबहादुर खुलाललगायतको पनि सहभागिता रहेको थियो ।

निजगढ नगरपालिका क्षेत्रमा १ प्रस्तावित समेत गरी २७ वटा सामुदायिक वन समूह रहेका छन भने देशभर हाल २३ हजार ८९ सामुदायिक वन उपभोक्ता समूह सक्रिय छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय