निजगढ, युुथ अफ निजगढले बोलबम तीर्थ यात्रुलाई पिउने पानी मिनिरल वाटर र मोही निःशुल्क वितरण गरेको छ ।
बाराको चारकोसें झाडीको काँटघाटस्थित सहजनाथ महादेव मन्दिरमा जल चढाउने क्रममा निजगढ ८ को बकैया खोला किनाराको सप्तऋषि धर्मशालामा आश्रय लिएर बसेका यात्रुहरुलाई क्लबले ३५० लिटर मिनिरल वाटर र निजगढको चिनारीको रुपमा रहेको मोही १०० लिटर वितरण गरेको हो ।
निजगढ वडा नम्बर ९ का वडा अध्यक्ष रामचन्द्र कटुवालले सहयोग स्वरुप उपलब्ध गराएको ५ हजार रुपैया खर्चेर क्लबले खरिद गरेको पानी र मोही आइतबार श्रद्धालुहरुलाई वितरण गरिएको हो ।
रौतहट र सर्लाही जिल्लाको सिमानामा बग्ने बागमती नदीबाट ल्याएको जल बोकेर काँटघाटस्थित महादेव मन्दिरमा चढाउन जाने क्रममा दैनिक सयौं भक्तजनहरु सप्तऋषि धर्मशालामा विश्रम लिएर बस्ने गरेका छन । मनोकांक्षा पूरा हुने विश्वासमा भक्तालुुहरुले तीन÷चार दिनसम्मको पैदल यात्रापछि मन्दिरमा पुगेर जल चढाउने गरेका हुन ।
पैदल आएर विश्राममा बसेका श्रद्धालुहरुको सुविधाको लागि पानी र मोही वितरण वितरण गरिएको युुथ अफ निजगढका सदस्य एंव कार्यक्रम संयोजक अनिश पोखरेल र सहसंयोजक जगतबहादुुर न्यौपानेले जानकारी दिनुभयो ।
कार्यक्रममा संस्थाकी उपाध्यक्ष मनिता पाण्डे, सदस्य श्रीराम पौडेल, रवि कार्की, संस्थाका पूर्वअध्यक्ष राजन श्रेष्ठ, उत्सव श्रेष्ठ, कमल बजगाई, सुुर्दशन दंगाल, अंकित खड्का लगायतको सहभागिता थियो ।
प्रत्येक वर्ष साउन महिनाको सोमवार काँटघाट मन्दिरमा जल चढाउने श्रद्धालु भक्तजनहरुको भिड लाग्ने गरेको छ ।



