निजगढ, सुनसरी र मधेसको पूर्वी जिल्लामा देखापरेको असहज परिस्थितिपछि जातीय र धार्मिक सहिष्णुता र कायम राख्न आह्वान गर्दै बाराको कलैया र निजगढमा आज सद्भाव ¥याली निकालिएको छ ।
सदरमुकाम कलैयामा जिल्ला प्रशासन कार्यलय बारा र निजगढमा स्थानीय सर्वपक्षीय सद्भाव समूहको आयोजनामा सद्भाव ¥याली आयोजना गरिएको हो ।
जिल्लामा विभिन्न समुदायहरूबीच आपसी सद्भाव, मेलमिलाप, भाईचारा तथा सहिष्णुता कायम राख्ने उद्देश्यले बृहत सामाजिक सद्भाव ¥याली आयोजना गरिएको बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्राले जानकारी दिनुभयो ।
¥यालीपछि कलैयाको भरतचोकमा आयोजित कोणसभामा संघीय सांसदहरु गणेश धिमाल, चन्दनकुमार सिंह, प्रदेशसभा सदस्य रविन्द्रदास श्रेष्ठ, देवनारायण चौधरीलगायत जनप्रनिधि एवं सुरक्षा प्रमुखहरुले जात धर्मका आधारमा हुने विभेद विरुद्ध एकजुट हुन आह्वान गरेका थिए । समुदायहरूबीच आपसी सद्भाव, मेलमिलाप, भाईचारा तथा सहिष्णुता कायम राखिरहन सामाजिक सद्भाव काय राख्नु पर्नेमा वक्ताहरुले जोड दिएका थिए ।
¥यालीमा नेकपा एमाले बारा जिल्ला अध्यक्ष अध्यानन्द पाण्डे सहितका विभिन्न राजनीतिक दलका प्रतिनिधि, नेता, कार्यकर्ता धार्मिक संघसंस्थाका अगुवा, नागरिक समाजका प्रतिनिधि, धर्म संस्कृतिमा आस्था राख्ने धर्माम्वलीहरु र सर्वसाधारणको पनि सहभागिता रहेको थियो ।
त्यसैगरी ¥यालीमा जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवर, सशस्त्र प्रहरी उपरीक्षक विशाल सिलवाल, नेपाली सेनाका प्रमुख गिरीराज गौतम, प्रदेश ट्राफिक प्रमुख उपरिक्षक ज्ञानेन्द्रबहादुर बस्नेतसहित सुरक्षाकर्मीको सहभाागिता रहेको बारा प्रहरीले जनाएको छ ।

¥यालीमा स्थानीय जनप्रतिनिधिहरू, सरकारी कर्मचारी, अधिकारकर्मीहरू, सञ्चारकर्मीहरू, गैरसरकारी संस्था, सुरक्षा निकायका प्रतिनिधिहरु पनि सहभागी थिए ।
यस्तै जिल्लाको निजगढमा पनि सद्भाव ¥याली निकालिएको छ । सर्वपक्षीय सद्भाव समूहको आयोजनामा निकालिएको ¥यालीमा स्थानीय राजनितिक दलका प्रतिनिधि, व्यवसायी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सामाजिक अभियन्ताहरुको सहभागिता रहेको थियो ।
निजगढ नगरपालिका ७ स्थित सहिद चोकबाट सुरु भएको सो ¥याली नगरपालिका रोड पुगेर पूर्वपश्चिम महेन्द्र राजमार्ग परिक्रमा गर्दै निजगढ ८ को बुद्धचौकमा पुगेर समापन गरिएको थियो । समापन कार्यक्रममा बोल्दै आयोजक समूहका संयोजक दिपक सापकोटाले सामाजिक र धार्मिक सद्भाव अभिवृद्धि गर्न अपसी एकता कायम राख्न ¥याली आयोजना गरिएको बताउनुभएको थियो ।



