आगामी आर्थिक वर्ष ०८३/८४ मा गोरखकाली रबर उद्योगसहित सात संस्थानलाई सार्वजनिक–निजी साझेदारीमा सञ्चालन गर्न लगानी मोडालिटी टुंगाे लगाइने भएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सार्वजनिक गरेको बजेटमा राष्ट्रिय वाणिज्य बैंकको पुँजी वृद्धि गर्ने, वायुसेवा निगमको कम्पनी सुधार गर्न रणनीतिक सुधार गर्ने, राष्ट्रिय बिमा कम्पनी र विशाल बजार कम्पनीको सेयर सर्वसाधारणमा जारी गर्ने कार्यक्रम पनि राखिएको छ।



