महालक्ष्मी विकास बैंकले आफ्नो संगठनात्मक सामाजिक उत्तरदायित्व अन्तर्गत श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, लाल-१० का विद्यार्थीहरुलाई विद्यालय झोला वितरण गरेको छ।

बैंकले आयोजना गरेको कार्यक्रममा विद्यालयका विद्यार्थीहरुलाई १३८ थान विद्यालय झोला वितरण गरिएको हो। शैक्षिक सामग्रीको अभावमा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक तथा स्थानीय सरोकारवालाहरुको सहभागिता रहेको थियो। कार्यक्रममा बोल्दै सहभागीहरुले बैंकले शिक्षा क्षेत्रमा पुर्‍याएको सहयोग प्रशंसनीय रहेको बताएका थिए।

विद्यालय प्रशासनले पनि विद्यार्थीहरुको शैक्षिक गतिविधिमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै महालक्ष्मी विकास बैंकप्रति धन्यवाद ज्ञापन गरेको छ।

बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा विभिन्न सहयोगात्मक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय