
सिम्रौनगढ नगरपालिकामा नियमविपरित काम भइरहेको भन्दै उपप्रमुख रिमादेवी कुशवाहाले पत्रकार सम्मेलन गरी जानकारी गराएकी छन् ।
रानीवासस्थित वडा भवनमा पत्रकार सम्मेलन गर्दै उपप्रमुख कुशवाहासहित ८ जना वडाध्यक्ष र ८ कार्यपालिका सदस्यले बोर्डको बैठक विना नगरप्रमुख विजयशंकर यादव र प्रशासकीय अधिकृत हरिओमप्रसाद जैयसवालले नियमविपरित काम गरिरहेको आरोप लगाएकी छिन ।
प्रशासकीय अधिकृत जैयसवालले नगरप्रमुखको आदेशमा आफुसहित वडाध्यक्षहरु, बोर्डको कार्यपालिका सदस्यहरुलाई वाइपास गरी एकलौटी र नियमविपरित काम गरिरहेकाले पत्रकार सम्मेलन गरेको उपप्रमुखले सुनाइन् ।
लक्षित वर्ग निर्धारण नगरी आफु खुशी राहत बाडिएको बताइन । राहत खरिद गर्न दरभाउ जारी गर्नुपर्ने भएता पनि आफुखुशी राहत खरिद गरी वास्तविक पीडितसम्म राहत वितरण नहुदा पत्रकार सम्मेलन गर्न बाध्य भएको उपप्रमुखले बताइन ।
नगरस्तरीय योजना तथा कार्यक्रमको खर्चको विवरण, धारा तथा चपाकलमा खर्च भएको विवरण, शिक्षा, स्वास्थ्य, कृषि तथा पशु, बहुक्षेत्रिय पोषण, उर्जा र आयुर्वेदतर्फ सर्शत अनुदानको विनियोजितबाट भएको कार्यक्रमको खर्च, आर्थिक प्रशासन शाखामा दुईजना करारमा कर्मचारी भर्ना गरी तलब दिएको, मनपरी गाडी खरिद गर्ने, माछा पोखरीको ठेक्का सम्झौता भएको विवरण लगायतको विषयमा सुचना माग्दा प्रशासकीय अधिकृतले नदिने गरेको पत्रकार सम्मेलनमा उनले गुनासो गरिन ।
समाजिक शाखाको प्रमुख भए पनि त्याहाबाट प्रदान गर्ने सेवा सुविधाबारे अहिलेसम्म आफुलाई केही जानकारी नभएको बताए । करारका कर्मचारी राखेर कमिशनको खेलमा लागेका नगरप्रमुख प्रशासकीय अधिकृतले आफै सवै योजना करारका कर्मचारीबाट सञ्चालन गराउदै आएको पत्रकार सम्मेलनामा आरोप लगाएका छन ।
नगरप्रमुख र प्रशासकीय अधिकृतको कामप्रति नगरपालिकाका ११ वटा वडामध्ये ८ वटा वडाको वडाध्यक्षसहित ८ जना कार्यपालिका सदस्यले विरोध जनाएका हुन् ।