
बाराको सिमरा स्थित कोरोना विशेष अस्थायी अस्पताललाई स्तर उन्नती गरेर प्रदेश स्तरिय क्वारेन्टाईन तथा आईसोलेशन सञ्चालन गर्ने निर्णय भएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका नगरप्रमुख डा. कृष्ण पौडेलको अध्यक्षतामा बाराका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरु र राजनीतिक दलका प्रतिनिधिहरु विच बसेको सर्वपक्षिय बैठकले सो निर्णय गरेको हो ।
हाल ५० शैश्याको क्वारेन्टाईन र २६ शैश्याको आईसोलेसन सञ्चालनमा रहेको बाराको सिमरा स्थित क्वारेन्टाईलाई स्तरउन्नती गरेर ४ सय शैश्याको क्वारेन्टाईन र पथलैया स्थित क्षेत्रिय तालिम केन्द्रमा १ सय शैश्याको आईसोलेशन सञ्चालन गर्ने निर्णय भएको छ ।
निर्णय कार्यन्वयनका लागि प्रदेश २ सामाजिक विकास मन्त्रालयलाई सिफारिस पठाउने र क्वारेन्टाईन तथा आईसोलेशन सञ्चालनका लागि आवश्यक भौतिक संरचना, प्रयोगशाला, स्वाथ्यकर्मीको, औषधी तथा परिक्षण एंव उपचार साम्रगी उपलब्ध गराउन प्रदेश सरकारलाई लेखि पठाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी रुद्र्र प्रसाद पण्डितले बताए ।
यसअघि प्रदेश नं २ का आठ ओटा जिल्लाहरुमा ३ ओटा प्रदेश स्तरिय क्वारेन्टाईन र आईलोसन केन्द्र बनाउने निर्णय भएको थियो । प्रदेश सरकारको निर्णय अनुसार हाल सञ्चालनमै रहेको सिमराको सो क्वारेन्टाईनलाई स्तर उन्नती गरी बारा, पर्सा र रौतहटका कोरोनाको संग्धिद र संक्रमित दुवैलाई राख्न सकिने निर्णय भएको प्रजिअ पण्डितले बताए ।
हाल सो अस्थायी अस्पतालको क्वारेनटाईनमा ८ जना र आईसोलेशनमा ७ जना रहेका छन् । यसअघि सोही क्वारेन्टाईको आईसोलेशनमा रहेका २ जनाका कोरोना संक्रमण पृष्टि भएपछि सो क्षेत्रमा थप सर्तकता अपनाईएको छ ।
बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले प्रदेश सरकारको निर्णयअनुसार बारा, पर्सा र रौतहटको सम्भावित क्षेत्रहरु मध्ये सिमराको विशेष कोरोना अस्थायी अस्पताललाई नै स्तरउन्नती गर्न उपयुक्त विकल्प भएको बताए ।
प्रदेश सरकारले बारा, पर्सा र रौतहटवाट जाने प्रस्तावहरु मध्ये सिमराको क्वारेन्टाईनलाई छनोट गर्छ भन्ने विश्वास र भोली यो स्तर उन्नती भएर सञ्चालनमा आएम ३ ओटै जिल्लाका कोरोना संक्रमितको पिसिआर परिक्षण लगायतका सबै सुविधाको व्यवस्था यहाँ हने हेको प्रजिअ पण्डितले बताए ।
पथलैया स्थित क्षेत्रिय तालिम केन्द्रमा १ सय शैश्याको आईलोसन सञ्चालन गर्नका लागि नगरपालिका पदाधिकारी बाराका प्रजिअ सहित सुरक्षा निकायका प्रमुखहरु र दलका प्रतिनिधिहरुको सो क्षेत्रको स्थलगत अनुगमन समेत गरेका छन् ।