२५६४ औ बुद्ध जयन्तिको अवशरमा लायन्स क्लवले आज निजगढमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

लायन्स क्लव अफ निजगढ र लायन्स क्लव अफ निजगढ पिसको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा १३ जना महिला सहित १०० जनाले रक्तदान गरेका थिए ।

कोरोना भाईरस रोकथाम तथा नियन्त्रणकालागि जारि लकडाउनका कारण रक्तदान कार्यक्रमहरुमा कमि आएपछि देशैभरी रगत अभाव भएको कुरालाई मध्यनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको लायन्स क्लव अफ निजगढका प्रेसिडेन्ट बिनोद खरेलले बताए ।

कार्यक्रममा निजगढ नगर उपप्रमुख लिलादेवि लामिछाने, लगायत स्थानीय जनप्रतिनिधि, नेपालि सेना, सशस्त्र प्रहरीबल, नेपाल प्रहरी, राजनीतिक दलका स्थानीय नेताहरु, व्यवसायी, स्थानीय सामाजिक संघ संस्थाका प्रतिनिधि र कर्मचारीहरुले रक्तदान गरेका थिए ।

निजगढ नगरपालिकाको कार्यालय गणेश भवनमा भएको कार्यक्रम निजगढ नगरपालिकाको सहयोगमा सम्पन्न भएको कार्यक्रममा निजगढ नगर प्रमुख सुरेश कुमार खनालको समेत उपस्थीति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय