प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत बाराको निजगढ नगरपालिकाका विभिन्न मतदानस्थलमा उत्साहजनक रूपमा मतदान भएको छ। प्राप्त विवरण अनुसार यस क्षेत्रमा रहेका मतदानस्थलहरूमा कुल २९ हजार ४४० मतदाता मध्ये १८ हजार ३३७ मत खसेको छ। जसमध्ये पुरुष ८ हजार ९५८ र महिला ९ हजार ३७९ जनाले मतदान गरेका छन। यसपटक महिलाको सहभागिता पुरुषभन्दा केही बढी देखिएको छ। कुल २९ हजार ४४० मतदाता मध्ये सम्म ११ हजार १०३ मतदाताले भने निर्वाचनमा भाग लिएनन्।
मतदानस्थल अनुसार खसेको मत विवरण हेर्दा नेरामावि सिगौलमा १ हजार ६९ मत खसेको छ, जसमध्ये पुरुष ५०६ र महिला ५६३ छन। त्यस्तै लोकप्रिय प्रावि सिगोलमा ७७९ मत खसेकोमा पुरुष ३८६ र महिला ३९३ रहेका छन। सरस्वती मावि सिमलचौरमा ९०८ मत खसेको छ, जसमध्ये पुरुष ४४६ र महिला ४६२ रहेका छन। जनकल्याण प्राविमा १ हजार ८८ मत खसेको छ, जसमा पुरुष ५३१ र महिला ५५७ छन।
यसैगरी नेराआवि पुरानो निजगढमा ८४७ मत खसेको छ, जसमध्ये पुरुष ४१२ र महिला ४३५ रहेका छन। सार्वजनिक मावि बागदेवमा १ हजार २५० मत खसेको छ, जसमा पुरुष ५९४ र महिला ६५६ रहेका छन। गौरीशंकर मावि सडकटोलमा १ हजार ८०७ मत खसेको छ, जसमध्ये पुरुष ८७० र महिला ९३७ रहेका छन। नेरा आवि लच्काटोलमा १ हजार २३ मत खसेको छ, जसमा पुरुष ४८० र महिला ५४३ रहेका छन।
त्यसैगरी निजगढ नगरपालिका–७ मा ९७४ मत खसेको छ, जसमध्ये पुरुष ४९० र महिला ४८४ रहेका छन। गौरीशंकर माविमा १ हजार ६१३ मत खसेको छ, जसमा पुरुष ७४९ र महिला ८१९ रहेका छन। गौरीशंकर क्याम्पसमा १ हजार २४४ मत खसेको छ, जसमध्ये पुरुष ५९७ र महिला ६४७ रहेका छन। जनज्योती प्राविमा ९१६ मत खसेको छ, जसमा पुरुष ४४२ र महिला ४७४ रहेका छन।
यस्तै नेरा मावि लालमा १ हजार २२८ मत खसेको छ, जसमध्ये पुरुष ५७९ र महिला ६५७ रहेका छन। नेरा मावि रतनपुरीमा १ हजार २६३ मत खसेको छ, जसमा पुरुष ६१० र महिला ६५३ रहेका छन। सरस्वती आवि कोलगाउँमा १ हजार २४४ मत खसेको छ, जसमध्ये पुरुष ६६२ र महिला ५८२ रहेका छन। नेरा प्रावि डम्बरपुरमा १ हजार ८४ मत खसेको छ, जसमा पुरुष ५६७ र महिला ५१७ रहेका छन।
निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गराउन सुरक्षा निकाय तथा निर्वाचन कर्मचारीहरू सक्रिय रूपमा परिचालित गरिएको थियो।



