निजगढ,
निजगढको तामागढी– रतनपुर सडक खण्डको तपस्यास्थल नजिक आज साँझ भएको मोटरसाइकल दुर्घटनामा परेर १ जनाको ज्यान गएको छ भने थप २ जना गम्भीर घाइते भएका छन ।

इलाका प्रहरी कार्यालय निजगढले दिएको जानकारी अनुसार कोलगाउँबाट तामागढीतर्फ आउदै गरेको ३ जना सवार ना.६२ प.३६६६ नं.को मोटसाइकल तपस्यास्थल नजिक जंगलमा आफै अनियन्त्रित भई ५ः१५ बजे रुखमा ठोक्किएर दुर्घटनामा परेको थियो ।

दुर्घटनामा घाइते निजगढ १२ कोलगाउँका वर्ष २८ को रमेश गोलेको उपचारको क्रममा आज साँझ ६ः५० बजे वीरगञ्जमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा सोही मोटरसाइकलमा सवार कोलगाँउ बस्ने वर्ष २६ को सुजन स्याङ्गतान र वर्ष २२ को रोजन गोले घाइते भएका छन । दुबै घाइतेहरुको अवस्था गम्भीर रहेको निजगढ प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनाको खबर प्राप्त हुना साथ इलाका प्रहरी कार्यालय निजगढबाट खटेको टोलीले घाइतेहरुलाई उद्धार गरी सिटी अस्पताल निजगढ ल्याएको र सामान्य उपचारपछि थप उपचारको लागि एलएस न्युरो अस्पताल पठाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय