निजगढ,
निजगढ नगरपालिका नगर कार्यपालिकाको कार्यालयले आगामी फागुन ९ गतेदेखि दोस्रो विकल रेग्मी स्मृति जुनियर फुटबल प्रतियोगिता संचालन गर्ने भएको छ ।

नगरपालिकका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतमले एउटा सूचना जारी गर्दै आगामी निजगढ ९ स्थित सहिद हिरालाल रंगशालामा फागुन ९ गतेबाट प्रतियोगिता संचालन हुने जानकारी दिनुभएको हो ।

प्रतियोगितामा निजगढ नगरपालिकाका प्रतेक वडाबाट १६ वर्षमुनिका जुनियर खेलाडीहरु सम्मिलित १÷१ वटा टोलीको टोलीलाई सहभागी गराइने छ । प्रतियोगितामा सहभागी हुन इच्छुक टोलीले आगामी फागुन ५ गतेसम्म खेलाडीको पासपोर्ट साइजको फोटो सहित फाराम भरी भरेर आयोजक समितिमा टिम दर्ता गराउनुपर्ने सूचनामा उल्लेख छ ।

आयोजकले प्रतियोगिता निजगढ नगरभित्रका खेलाडीहरुलाई मात्र सहभागी गराउनुपर्ने पनि जनाइएको छ ।

नियमावली विपरित कुनै टिमबाट फर्जी खेलाडी समावेश गराइएको पाइए सो टिम स्वतः खारेज हुने पनि भनिएको छ । यसको लागि सम्बन्धित टिमले संचालक समितिमा खेल समाप्त भएको १ घण्टाभित्र लिखित उजुरी वा दाबी, विरोध गर्नु पर्ने भनिएको छ ।

त्यस्तै खेलाडीको सक्कल जन्मदर्ताको प्रमाणपत्र समितिमा पेश गर्नु पर्ने व्यवस्था पनि गरिएको छ ।

प्रतियोगिताको पहिलो स्कंरणको उपाधि वडा नम्बर ११ को टोलीले हात पारेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय