निजगढ,
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज कोल्हबीमा नगर परिषद बैठक र उम्मेदवार परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ । कोल्हबी नगर कार्यसमितिको आयोजनामा होटेल मिस्टेक, तराईमा कार्यक्रम आयोजना गरेको हो ।
सो पार्टीको कोल्हबी नगर अध्यक्ष अतिम अन्सारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिका रूपमा राप्रपा सहमन्त्री मोहन यादवको उपस्थिति रहेको थियो । त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथिहरूमा केन्द्रीय सदस्य विनोद भारती, जिल्ला अध्यक्ष गिरिधारी चौधरी, बारा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार लक्ष्मी साह कलवार रहेका थिए ।
त्यसैगरी अतिथिका रूपमा महिला संगठन केन्द्रीय सदस्य शेषा सापकोटा, क्षेत्रीय अध्यक्ष राजेश्वर यादव, राप्रपा नेता खड्गप्रसाद उप्रेती लगायतले आफ्नो मन्तव्य तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा आगामी निर्वाचनलाई लक्षित गर्दै चुनाव जित्नका लागि रणनीतिक योजनाहरूका विषयमा गहन छलफल गरिएको थियो ।
साथै कार्यक्रममा नेकपा एमाले र नेपाली कांग्रेस पार्टी परित्याग गरी दर्जनौं कार्यकर्ताहरु राप्रपामा प्रवेश गरेको राप्रपा नेता खड्गप्रसाद उप्रेतीले जानकारी दिनुभयो ।



