
लकडाउनको अवधी थपिदै जादा बारामा वन र वन्यजन्तु सुरक्षमा चुनैती थपिएको छ । लकडाउनको मौका छोपी बन र बन्यजन्तु तस्करी गर्नेहरुको सकृयता बढेसंगै सुरक्षामा चुनौती थपिएको हो ।
पछिल्लो समय बारामा बन र बन्य जन्तु तस्करीका घटना बढ्न थालेपछि डिभिजन बन कार्यालय सिमराले बन गस्तीमा सकृयता बढाएको छ । लकडाउनको मौका छोपेर घरेलु हतियार सहित वन र वन्यजन्तु तस्करीमा संग्लन १२ लाई डिभिजन वनकार्यलय बाराले प्रकाउ गरेर अनुसन्धान गरिरहेको छ ।
कोरोना संक्रमण फैलन नदिन सरकारले जारी गरेको लकडाउनका कारण वनकार्यालयका अधिकांश कर्मचारी विदामा भएको मौका छोपेर वन, वन्यजन्तु तस्करी र वन क्षेत्रमा आगजनीका घटना समेत बढेको छ । अहिले लकडाउनको प्रत्यक्ष असर वन क्षेत्रमा देखिएको छ । साविक भन्दा तस्करीका घटना ह्रवातै बढेको छ । हामीलाई पनि भएकै साधनश्रोतवाट गस्ती बढाउनुपर्ने बाध्यता छ ।
अहिले गस्तीमा हिडेका वन रक्षकहरुलाई कोरोना संक्रमणवाट बचेर कामगर्नु पर्ने चुनौती छ । हिजोका दिनमा जस्तो सहज ढंगले कामगर्ने वातावरण छैन् । आफु सुरक्षित भएर साविक भन्दा बढि काम गर्नु पर्ने दोहोरो पिडा भोग्नु परेको डिभिजन बन कार्यालयका प्रमुख मन्जुर अहमतले बताए ।
बारामा ४७ हजार १ सय ८२ हेक्टर वन क्षेत्र रहेको छ । जसमा ४१ ओटा सामुदायिक वन ४ ओटा साझेदारी वन र पर्सा राष्ट्रिय निकुञ्ज रहेका छन् । वन क्षेत्र भित्र भएको घना वस्ती र चौतर्फी रुपमा खोलिएका बाटो घाटोका कारण निमार्णधिन निजगढ अन्तराष्ट्रिय विमानस्थल भित्रको वन सबैभन्दा बढी जोखिममा रहेको वनकार्यलयले जनाएको छ ।
लगातारको लकडाउनले जिल्लामा अत्याआवश्यक सेवा बाहेक सबै गतिविधि ठप्प भएको मौका छोपेर वनमा बदेल, चित्तल, निलगाँई र चराचुरुङ्गीको शिकार पनि ह्वात्तै बढेको छ ।
पछिल्लो समय कार्यालयको काम प्राय ठप्प जस्तै भएकोले बन रक्षक र केही कर्मचारीहरुको समुह बनाएर २४ सै घण्टा समुहगत गस्ती परिचालित गरेको डिभिजन वन कार्यालय बाराका वन अधिकृत मञ्जुर अहमद्ले बताए ।