निजगढ,
नेकपा एमाले निजगढ नगर कमिटीले पार्टीको आसन्न ११औं महाधिवेशनमा निजगढबाट व्यापक जनसहभागिता गराउने निर्णय गरेको छ ।
निजगढ नगर कमिटीको आइतवार बसेको बैठकले यही मङ्सिर २७ गते देखि २९ गतेसम्म हुने महाधिवेशनको उद्धाटन शत्रमा सबै पार्टी सदस्य र शुभेच्छुक र विभिन्न कमिटीका नेता कार्यकर्ताहरुलाई सहभागी गराउने तयारी गरेको हो ।
बैठकपछि नगर कमिटीका अध्यक्ष तिलक घलानले महाधिवेशन पार्टीको महत्वपूर्ण घटना भएकोले नगरभित्र रहेका पार्टी प्रदेश कमिटीका सदस्यहरु, जिल्ला कमिटीका सदस्यहरु, नगर कमिटीका सदस्यहरु, जनवर्गीय सङगठनका केन्द्रिय सदस्यहरु, पार्टीकातर्फबाट निर्वाचित सबै जनप्रतिनिधिहरु, पार्टी वडा कमिटीका पदाधिकारीहरु, नगर स्तरिय जनवर्गीय सङ्गठनका पदाधिकारीहरुसहित पार्टी शुभचिन्तक र कार्यकर्ताहरुलाई उद्धटन सभामा सहभागी हुन आग्रह गरिएको बताउनुभयो ।
नगर कमिटीका अध्यक्ष घलानको अध्यक्षतामा भएको बैठकमा प्रदेश कमिटी सदस्य अम्बिका चौलागाई, लिला खनाल, सुदर्शन कोइराला, दुर्गा कोइराला, अन्जु नेपालीसहित जिल्ला कमिटी सदस्यहरु समेतको सहभागिता रहेको थियो ।
बैठकमा नगर कमिटीका पूर्वअध्यक्ष एवम् निजगढ नगर प्रमुख सुरथ पुरीले एमालेमाथि चौतर्फी आक्रमण भइरहेको अवस्थामा हुन लागेको महाधिवेशन अत्यन्त महत्वपुर्ण भएकोले पार्टीको तर्फबाट निर्वाचित सबै जनप्रतिनिधिहरु अनिवार्य उपस्थिति हुनुपर्ने कुरामा जोड दिनुभएको थियो ।



