निजगढ, जेनजी आन्दोलनको नाममा गत भाद्र २४ गते गरिएको आगजनीबाट कार्यालयको सामग्री नष्ट भएपछि सेवा प्रभावित हुदैआएको निजगढ नगरपालिका वडा नम्बर ९ वडा कार्यालयलाई स्थानीय व्यवसायी र समाजेवीहरुले कार्यालयमा आवश्यक सामग्री सहयोग गरेका छन ।
स्थानीय समाजसेवी एंव व्यवसायी राजन श्रेष्ठले कार्यालयलाई एक थान ध्ब्त्भ्च् म्क्ष्क्एभ्ल्क्भ्च् प्रदान गर्नुभएको हो भने सोही वडाका युवा समाजसेवीहरु दिनेश श्रेष्ठ, एकलाल श्रेष्ठ (भक्ते) र ललित श्रेष्ठले संयुक्त रुपमा एक थान डेल कम्प्युटर सहयोग गरेका छन ।
वडा कार्यालयमा आज आयोजित एक कार्यक्रममा व्यसायी श्रेष्ठले वडा अध्यक्ष रामचन्द्र कटुवालसहित वडा सदस्य चित्रप्रसाद चौलागाई, बबिता श्रेष्ठ, इन्द्रकुमारी सुनार र वडा सचिव सोम सिं लामाको उपस्थितिमा १२ हजार मूल्य बराबरको तातो, चिसो र नर्मल पानी निस्कने वातानुकुलित वाटर डिस्पेन्सर हस्तान्तर गर्नुभएको हो ।
कार्यालयमा आउने सेवाग्राहीहरुको सुविधाको लागि वाटर डिस्पेन्सर सहयोग गरेको व्यवसायी श्रेष्ठले बताउनुभयो ।
त्यसैगरी दिनेशसहित श्रेष्ठ बन्दुहरुले पनि व्यक्तिगत रकमबाट खरिद गरेको सो कम्प्युटर वडा कार्यालयमा पुगेर मंगलवार संयुक्त रुपमा हस्तान्तरण गरेका हुन ।
गत भाद्र २४ गते जेनजी आन्दोलनकारीको नाममा केही व्यक्तिहरुले कार्यालयका सामग्रीमा आगजनी गरेपछि कार्यालयको सेवा सुचारु पार्न स्थानीय विभिन्न संघसंस्था र व्यक्तिको सहयोग गर्ने क्रम जारी रहेको छ ।




