निजगढ,     निजगढ नगरपालिका वडा नम्बर ७ स्थित जनज्योति सामुदायिक वन क्षेत्रमा जंगली हात्ती देखापरेपछि इलाका प्रहरी कार्यालय निजगढले सतर्क रहन सर्वसाधारणसंग आग्रह गरेको छ ।

प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक दाताराम अधिकारीका अनुसार पूर्वपश्चिम महेन्द्र राजमार्गबाट सिगौंल जाने कालोपत्रे सडक छेउको जंगलमा आज साँझ २ वटा हात्ती देखा परेको हो । उक्त हात्तीले निजगढ–सिंगौल सडकमा आवत जावत गर्ने यात्रुहरुलाई आक्रमण र निजगढको वस्तितर्फ पनि प्रवेश गरेर क्षति गर्न सक्ने भएकोले सर्तक रहन आग्रह गर्नुभएको हो ।

निरीक्षक अधिकारीले स्थानीयले सडक छेउको जंगलमा हात्ती देखापरेको जानकारी गराएपछि प्रहरी टोली परिचालन गरिएको र टोलीले उक्त स्थानमा हात्ती फेला नपारेको बताउनुभयो । हाल सुरक्षाकर्मीले हात्तीको निगरानी बढाएको भएपनि सडकमा यात्रा गर्ने र जंगल नजिकको वस्तिका सर्वसाधारणले पनि सुरक्षा सतर्कता अपनाउनु पर्ने उहाँले बताउनुभएको छ ।

यसैबीच निजगढ नगरपालिका वडा नम्बर ११ रतनपुरीमा पनि जंगली हात्तीले स्थानीयको मकै र धानबालीमा क्षति गरेको छ ।

स्थानीय शिक्षक पवन विकका अनुसार घाइते अवस्थामा रहेको हात्तीले रतनपुरको हनुमान चोक नजिकको वस्तिमा पसेर किसानले लगाएर मकै र धानबालीमा क्षति गरेको हो । विकका अनुसार खुट्टामा घाउ भएर लङ्गडो अवस्थामा रहेको सो हात्ती २ दिनदेखि वस्तिमा पसेर मकै बाली खाने र धानबालीमा समेत क्षति गर्न थालेपछि स्थानीय किसान चिन्तित बनेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय