
बारामा कोरोना भाइरसको त्रास : बारा जिल्लामा छैन कोरोना जाँच गर्ने उपकरण
बारामा बुधबार एकै दिन दुई जनामा कोरोना भाइरस (कोभिड—१९) को संक्रमण पुष्टि भएसंगै बारामा कोरेनाको त्रास बडेको छ । बारा जिल्लामा १६ वटा स्थानिए तहमा ४७० बेडका क्वारेन्टाइन र ४८ वटा आइसोलेसन केन्द्रबने पनि क्वारेन्टाइनमा बसेका लाई कोरोना भाइरस संक्रमित छन कि छैन भनेर चेकजाचका निम्ती बारामा उपकरण नभए पछि स्थानिए निकायले अहिले आअफ्ने प्रबेश नाकामा कडाई गरिएका छन ।
बारामा कोरोना जाँच गर्ने उपकरणको कमि पहिलै देखि रहेको स्वास्थ्य कार्यालय बाराले जनाएको छ । कोरोना परीक्षण किट अभावमा हुन सकेको छैन । लकडाउनकै समयमा देशका विभिन्न शहरबाट आएकाहरुको भने किट अभावले परीक्षण गर्न नसकिएको स्वास्थ्य कार्यालय बाराका प्रमुख राज किशेर पण्डीतले बताए । बारामा केहि दिन अगाडी दुई जनालाई कोरोना पुष्टी भएपनि थप परीक्षणको दायरा बढाउन आवश्यक उपकरणको नहुदा समस्या परेको स्वास्थ्य कार्यालय बाराका प्रमुख पण्डीतले बताए ।
बारामा अहिले १९६ जना क्वारेन्टाइनमा छन रहेको छन, उनिहरुलाई १४ दिन सम्म क्वारेन्टाइनमा रहेर नियमित चेकजाच गरिनु पर्ने भएता पनि उपकरणका कमिले हुन नसकेको र केहि दिनमा साम्मग्री उपल्वध गराई स्वाश्स्य परिक्षण गरिने जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख रुद्र प्रसाद पण्डितले बताए ।
स्थानिए निकायले सुरु गरे राजमार्गमा र बस्तीमा कडाई
स्थानिए निकायले अहिले आअफ्ने प्रबेश नाकामा कडाई गरिएका छन । बाराको निजगढ नगरपालिका लगायत अन्य नगरपालिकाहरुले पनि आफ्नो क्षेत्र प्रवेश गर्ने सवारी साधनहरुलाई डिस ईन्फेक्शन स्प्रे गर्ने गरेका छन् भने, अतिआवश्यक काम बाहेक लागि निस्किएका गाडी र मानिसहरुलाई लकडाउनको पालना गरि सुरक्षितसंग घरैमा बस्न आग्रह गरि रहेको निजगढ नगरपालिकाका प्रबक्ता तथा कोरोना भाईरस महामारी विपद ब्यवस्थापन समिति निजगढकासंयोजक नविन खनालले बताए ।
पूर्व-पश्चिम राजमार्गको निजगढमा निजगढ नगरपालिका, प्राथमिक स्वास्थ्य केन्द्र निजगढ र युथ अफ निजगढको सहकार्यमा राजमार्गमा नैं स्वास्थ्य चेकजाच गरि रहेको युथ अफ निजगढका अध्यक्ष गंगामाया श्रेष्ठ बताईन ।
करिब आठ लाख ३० हजार जनसंख्या भएको बारामा कोरोना संक्रमणको पुष्टिसंगै अहिले जिल्लाका विभिन्न बस्ती, राजमार्ग समेत सुनसान छ भने स्थानीयहरु त्रासमा छन् ।