विश्व महामारी कोरोना भाइरस संक्रमणले भारतमा विकराल रुप लिइरहेको छ । शनिबार मात्रै २ हजार ५ सय ६४ नयाँ कोरोना पोजिटिव भेटिएका छन् भने ९९ जनाले ज्यान गुमाएको छ । भारतमा एक दिनमा कोरोना संक्रमणको यो संख्या अहिलेसम्मको सबैभन्दा धेरै हो ।

भारतमा यो घातक भाइरसका कारण मर्नेको संख्या १ हजार ३ सय २० पुगेको छ । तुलनात्मक रुपमा कोरोना संक्रमण शुरुमा कम देखिएको बताइएको थियो । तर परीक्षण संख्यामा बृद्धीसँगै यस संक्रमणको सिकार हुनेको संख्यामा लगातार बृद्धी भइरहेको छ । भारतमा कोविड १९ भाइरस संक्रमित संख्या करिब ४० हजार पुगेको छ । अहिलेसम्म १० हजार विरामी स्वस्थ भइसकेका छन् ।

दिल्ली शनिबार ३ सय८४ नयाँ पोजिटिव भेटिए , जुन राजधानीमा अहिलेसम्मको सबैभन्दा ठुलो आंकडा हो । त्यसैगरी भारतमा सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा एक दिनमा ७ सय ९० नयाँ संक्रमित थपिए । गुजरातमा ३ सय ३३, तमिलनाडुमा २ सय३१, पन्जाबमा १ सय ८७, उत्तर प्रदेशमा १ सय ५९ , पश्चिम बंगालमा १ सय २७ र राजस्थानमा १ सय ६ नयाँ संक्रमित देखिए ।

विहारमा पछिल्लो २४ घन्टामा कोरोना भाइरसका ५६ नयाँ संक्रमित संगै कुल पोजिटिव संख्या ४ सय ८१ पुगेको छ । यहाँ अहिले सम्म ४ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय