एक हप्ता नबित्दै नारायणी अस्पतालबाट डिस्चार्ज भएका रौतहटका युवक पुन : काेराेना अस्पतालमा भर्ना भएका छन् ।

कोभिड-१९ (काेराेना) भाईरस पुनः पोजेटिभ देखा परे पछि उनी शनिवार राति नारायणी अस्पतालमा भर्ना भएका हुँन् ।

बैशाख १ गते काेराेना पोजेटिभ देखा परे पछि नारायणी अस्पतालमा भर्ना भएका ती युवकको रिपोर्ट केन्द्रिय प्रयोगशाला टेकुले १३ गते नेगेटिभ भएको पुष्टि गरेकाे थियाे ।

नेगेटिभ रिपोर्ट पछि १४ गते अपरान्ह डिस्चार्ज भएर राैतहट स्थित इशनगर नगरपालिका उनी घर फर्किएका थिए ।

डिस्चार्ज भएको एक हप्ता पछि पुन : पोजेटिभ रहेको भन्दै नारायणी अस्पतालमा उनलाई ल्याईएसँगै स्थानीयमा शनत्रास फैलिएकाे छ ।

युवकमा पुन : कोभिड पोजेटिभ देखा परेर भर्ना भएको पुष्टि अहिले सम्म कसैले गरेको छैन ।
भने ती युवकसँगै तीन जना भारतीय जमातीहरूलाई पनि बैशाख १४ गते डिस्चार्ज गरिएकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय