कोरोना संक्रमणले विश्वलाईनै अस्तव्यस्त बनाएको छ । नेपालमा पनि दिन प्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै छ । त्यसमा पनि बढीमात्रामा घुमफिर गर्ने र एकठाउँबाट अर्को ठाउँमा हिडिरहने पुरुषको संख्या बढी देखिएको छ । नेपालमा हाल सम्म ५७ जना मा कोरोना संक्रमण पुष्टि भएकोमा ४७ जना पुरुष रहेका छन् भने १० जना महिला रहेका छन् । विशेष गरि पुरुषहरु धेरैजसो देशविदेश घुम्ने भएकै कारण पुरुषमा नै बढी संक्रमण देखिएको छ ।

त्यसैगरी कोरोना संक्रमित महिलाहरुमा थोरै संख्या विदेशबाट आएका छन् भने अन्य नेपालमै रहेपनि परिवारका सदस्यबाट सर्ने नै बढी छन् । यसको आधारमा स्वास्थ्य उपचारमा पनि महिलालाई भन्दा पुरुषलाई घरपरिवारबाटनै प्राथमिकतामा राखिन्छ । महामारीको स्रोतका रुपमा नेपालका पुरुषहरुनै पहिलो पंक्तिमा रहनुले महिलाले भन्दा पुरुषले क्वारेन्टाईन, लकडाउन लगायतका नीति यतिबेला तोकिएका नीति नियमको पालना कम गरेको पाईएको स्वास्थ्यकर्मीहरुको ठम्याई छ ।

बुधबार कोरोना संक्रमण पुष्टि भएका तीनै जना पुरुष रहेका छन् । उनीहरुले पनि विश्वले अपनाएका सुरक्षाको पालना नगरि खुलेआम भारत हुँदै नेपालको वीरगंज मस्जिद सम्म आएको देखिन्छ । संक्रमित संक्रमितअन्य २ युवाहरु पनि छपकैयाकै शिक्षक भएको बुझीएको छ । शिक्षकबाट यस्तो गर्ने नहुने गल्ती गरेपछि अरुलाई कसरी सम्झाउने स्थानिइ सुरक्षा निकायले प्रश्न गरेको छ । बारामा देखिएको पहिलो घटना भएपनि परिक्षणको दायरा बढाउँदा बढ्ने सम्भावना बढी हुनसक्ने स्वास्थ्यकर्मीहरु बताउँछन् जुन व्यक्तिमा संक्रमण देखियो उ भारतको दिल्लीबाट आएर पनि खुलेआम लकडाउनको नियम पालना नगरि डुलीरहेको बुझिनुले संक्रमितको संख्या बढ्न सक्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार २०६७ माघ ९ गते देखि हालसम्म पीसीआर विधिमार्फत ११ हजार ५ सय २४ जनाको नमुना परीक्षण गरिएको र ४५ हजार ६ सय ६५ जनाको आरडीटी विधिमार्फत परीक्षण गरिएको बुधबार मिडिया ब्रिफिङमा जानकारी गराउनुभयो । सोही अवसरमा उहाँले बुधबारै पर्साका एक जना र वाराका दुई जना पुरुषमा कोरोना पोजेटिभ देखिएसँग संक्रमितको संख्या ५७ पुगेको बताउनुभयो । संक्रमण पुष्टि भएका तीनै जनाको नारायणी अस्पतलालको आइसोलेसनमा उपचार भइरहेको पनि उहाँले जनाकारी गराउनुभयो ।

पछिल्लो समय स्थानिय निकायले नै काठमाडौ लगायत बिभिन्न क्षेत्रमा कार्यरत नेपालीहरुलाई स्थायी घर फर्काउने क्रम बढेसँगै क्वारेन्टाइनमा रहनेको संख्या पनि बढेर २२ हजार ९ सय १ जना पुगेकोछ । आइसोलेसनमा बस्नेको संख्या पनि बढेर ८७ जना पुगेको छ । उपत्यकामा ४ जना र उपत्यका बाहिर ८३ जना आईसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो समय काठमाडौ, भक्तपुर, ललितपुरमा भन्दा बाहिरी जिल्लामा क्वारेन्टाइन र आईसोलेसनमा बस्नेको संख्या बढ्नुको कारण विदेशबाट घर फर्कने र काठमाडौबाट घरफर्कनेको संख्या बढेकै कारण भएको बुझिएको छ । संक्रमित ५७ मध्ये १६ जना निको भएर घर फर्किसकेका छन् भने ४१ जनाको वीरगंज, विराटनगर लगायतका अस्पतालमा उपचार भैरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय