लायन्स क्लब अफ निजगढ, लायन्स क्लब अफ निजगढ सिटी र लायन्स क्लब अफ निजगढ युवाको संयुक्त आयोजनामा आपतकालीन रक्तदान कार्यक्रम हुने भएको छ ।

आयोजकले दिएको जानकारीअनुसार सोमबार बिहान ८ बजेदेखि निजगढको सहिद चोकमा कार्यक्रम सुरु हुनेछ । रक्तदानमार्फत आकस्मिक अवस्थामा रक्त आपूर्ति सहज बनाउन र रक्तअभावका कारण कोही पनि बिरामीले जीवन गुमाउन नपरोस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

लायन्स क्लब अफ निजगढका पदाधिकारीका अनुसार समाजसेवामा सक्रिय तीन वटै क्लबको संयुक्त प्रयासले यसपटक ठूलो संख्यामा स्वयंसेवी रक्तदाताको सहभागिता हुने अपेक्षा गरिएको छ । साथै, कार्यक्रममार्फत युवा पुस्तालाई सामाजिक उत्तरदायित्वबारे सचेत गराउने र रक्तदानलाई निरन्तर अभियानका रूपमा अगाडि बढाउने लक्ष्य लिइएको पनि बताइएको छ ।

आयोजक क्लबहरूले सबैलाई रक्तदान कार्यक्रममा सहभागी भई मानव जीवन बचाउन महत्वपूर्ण योगदान दिन आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय