बारामा बुधबार एकै दिन दुई जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा बाराका दुई जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

संक्रमितहरू जीतपुर सिमरा उपमहानगरपालिका ४७ र ३१ वर्षीय पुरुषहरू हुन् । दुबै जना दिल्लीमा तबलिगी जमातको धार्मिक सभामा सहभागी भएर फर्किएका थिए ।

संक्रमितहरू जीतपुर सिमरा उपमहानगरपालिकाका ४७ वर्षीयलाई आफ्नैै घरमा बस्दै आएका र घर सिम्रौनगढ नगरपालिकाका भएतापनि उपमहानगरपालिकाको ईनर्रर्वा सिराहमा रहेको स्थानिय मस्दितमा बस्दै आएका ३१ वर्षीय पुरुषहरू हुन् । अहिले उनीहरूको प्रत्यक्ष सम्पर्कमा रहेकाहरूलाई खोजी गर्ने क्रममा रहेको उपमहानगरपालिकाले बताएको छ ।

१३ गते उनिहरुसंगै नेपाल आएका मध्य एक जनालाई विरगंजमा संक्रमण्न पुस्टि भएपछि बाराका संक्रमित जमातीको सम्पर्कका आएकाहरूको खोजी गर्ने क्रममा परीक्षणको दायरामा आएका थिए । उनीहरू ६ मार्चमा दिल्ली गएर ११ मार्चमा अर्थात फागुन २८ गते नेपाल फर्किएका थिए भने चार दिन अगि बैशाख १४ गते मात्रै उनिलाई क्वारेन्टाइनमा राखिएको हो । सोहि दिन उनिहरुको स्वाब परिक्षणका निम्ति राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा पठाईएको थियो ।

संक्रमितहरूलाई जीतपुरसिमरा उपमहानगरपालिका २ पथलैया नजिक रहेको आईसोलेसन वार्डमा राखिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय