नेकपा एमाले निजगढ नगर कमिटिको दोस्रो पूर्ण कमिटी बैठक सम्पन्न भएको छ । बैठकले पार्टी संगठन सुदृढीकरण, विभागीय संरचना तथा जनसंगठनहरूमा नेतृत्व चयन गर्ने लगायतका महत्वपूर्ण निर्णयहरू गरेको छ ।
बैठकले बुद्धिलाल तितुङ, शुक्राम जिम्बा, यमबहादुर खड्का, शोभा राउत, दिपक कुमार श्रेष्ठ, विरेन्द्र महतो र आशा चौलागाईलाई सर्वसम्मत रूपमा नगर कमिटि सदस्यमा मनोनित गरेको छ ।
त्यस्तै बैठकले नगरभित्रका विभिन्न विभाग तथा जनसंगठनहरूको इन्चार्ज तोकेको छ । जसअनुसार स्कुल विभागमा तिलक घलान, संगठन विभागमा थानेश्वर सापकोटा, आर्थिक विभागमा पुरुषोत्तम भट्टराई, सहकारी विभागमा शोभा राउत, प्रचार विभागमा सुदिप तिमल्सिना, खानेपानीमा केदार गौतम, सिचाईमा टेकबहादुर लामा, शिक्षा विभागमा जगत कुमारी लामीछाने, वन तथा वातावरण विभागमा पुरुषोत्तम भट्टराई, स्थानिय प्रशासन समन्वय संयन्त्रमा तिलक घलान, जनसंगठन समन्वय संयन्त्रमा थानेश्वर सापकोटा, संघसंस्था समन्वय संयन्त्रमा थानेश्वर सापकोटा, युवा संघमा शुक्राम जिम्बा, महिला संघमा सम्झना थापा, अनेरास्ववियुमा घनश्याम तिमल्सिना, आदिवासी जनजाति महासंघमा रामकुमार सिजाली, किसान संघमा प्रकाश प्रसाद सापकोटा, मुक्ति समाजमा भीमबहादुर नेपाली, खेलकुद महासंघमा दिपक श्रेष्ठ, रिटर्नी फेडेरेसनमा गोकुल न्यौपाने, उद्योग व्यवसाय महासंघमा गोरख खड्का, स्वास्थ्यकर्मी महासंघमा कैलाश धामी, बुद्धिजीवी परिषदमा यमबहादुर खड्का, भूमिअधिकार तथा श्रमिक संगठनमा सन्तबहादुर सुनार, भूतपूर्व सैनिक तथा प्रहरी संगठनमा मनोज सापकोटा, पेशागत महासंघमा चन्दन चौधरी, पिँडावर्ग संगठनमा पदमबहादुर भुजेल, ट्रेड युनियन महासंघमा लिलाहरी चौलागाई, जनसांस्कृतिक महासंघमा नारायणी सापकोटा, अपाङ्गता संगठनमा राजकुमार फुयाल र मुस्लिम इत्तेहाद संगठनमा विरेन्द्र महतोलाई जिम्मेवारी तोकिएको छ ।
यस्तै बैठकले पार्टी विधानअनुसार २१ सदस्यीय नगर सचिवालय गठन गरेको छ । जसमा अध्यक्ष तिलक घलान, उपाध्यक्ष सम्झना थापा, सचिव थानेश्वर सापकोटा, उपसचिव पुरुषोत्तम भट्टराई र जगत कुमारी न्यौपाने रहेका छन । सचिवालय सदस्यमा सुदिप तिमल्सिना, राकेश लामा, यमबहादुर खड्का, शोभा राउत, हिरामाया लाभा, पदमबहादुर भुजेल, शुक्राम जिम्बा, कैलाश धामी, हिरालक्ष्मी लामा, दिपक श्रेष्ठ, रमा केसी, मगलबहादुर रुम्वा, ब्रिसिहं थिङ, सन्तबहादुर सुनार, रामकुमार सिजाली र नारायणी देवी सापकोटा चयन भएका छन ।
बैठकमा एमाले प्रदेश कमिटी सदस्य तथा निजगढ नगर इन्चार्ज लिलादेवी लामिछाने, प्रदेश कमिटी सदस्यहरू सुर्दशन प्रसाद कोइराला, दुर्गा कुमारी घिमिरे कोइराला, अम्बिका चौलागाई, अञ्जु नेपाली, जिल्ला कमिटी सदस्य तथा बारा जिल्ला समन्वय समितिकी उपाध्यक्ष चण्डिका उप्रेती, लक्ष्मी गौतम, दुर्गा गौतम, जनजाति महासंघका केन्द्रीय सदस्य दिलबहादुर लामालगायतको उपस्थिति रहेको थियो ।



