काठमाडौंको बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १ स्थित सिमलीगाउँमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको नियन्त्रणमा लिएको छ ।

आइतबार दिउँसो करिब ४ बजे विशेष सूचनाको आधारमा प्रहरी प्रभाग बुढानीलकण्ठबाट खटिएको प्रहरी टोलीले सिमलीगाउँको जस्ताको टहरामा जुवा खेलिरहेका व्यक्तिहरूलाई पक्राउ गरेको हो। प्रहरीले उक्त स्थानबाट जुवा खेल्दा प्रयोग गरिएको तास र नगद रु ५० हजार ३ सय ३० रुपैयाँ समेत बरामद गरेको जनाएको छ।

पक्राउ परेकाहरूमा बारा निजगढ नगरपालिका–७ घर भई हाल बुढानीलकण्ठ–१ सिमलीगाउँमा बसोबास गर्दै आएका ५४ वर्षीय लिला मगर, नुवाकोट शिवपुरी गाउँपालिका–४ घर भई हाल देउवा चोक बस्ने २४ वर्षीय समीर तामाङ, बुढानीलकण्ठ–३ मुहानपोखरीका ५८ वर्षीय राम बहादुर पौडेल, बुढानीलकण्ठ–६ हात्तीगौडाका ४४ वर्षीय राजेश महर्जन, रामेछाप मन्थली नगरपालिका–६ घर भई हाल सिमलीगाउँ बस्ने ३९ वर्षीय श्याम तामाङ, नुवाकोट शिवपुरी–४ घर भई हाल मुहानपोखरी बस्ने ३० वर्षीय राम तामाङ र मुहानपोखरीकी ४२ वर्षीया सुनिता गुरुङ रहेका छन्।

प्रहरीका अनुसार नियन्त्रणमा लिइएका सबैलाई आवश्यक अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय