एसईई परीक्षा २०८१ मा सामुदायिक विद्यालयतर्फ बारा जिल्लाकै सर्वाधिक ३.९१ जीपीए हासिल गर्न सफल भएका हिमान्सु घिमिरेलाई निजगढ–८ का वडा अध्यक्ष स्वर्ण लामाले सम्मान गरेका छन्। घिमिरे निजगढ–८ स्थित बकैया ठाकुर माध्यमिक विद्यालयका विद्यार्थी हुन्।

शैक्षिक क्षेत्रमा देखाएको उत्कृष्ट प्रदर्शनप्रति कदर गर्दै अध्यक्ष लामाले घिमिरेलाई खादा र माला लगाई विशेष सम्मान गरेका हुन्। उनले घिमिरेलाई बधाई दिँदै भने, “यस प्रकारको उत्कृष्ट उपलब्धिले निजगढको शैक्षिक छवि अझ उज्यालो बनाएको छ। यस्तो सफलता निरन्तर रहोस् भन्ने शुभेच्छा व्यक्त गर्दछु।”

सो अवसरमा वडा अध्यक्ष लामाले परीक्षा उतीर्ण गरेका सम्पूर्ण विद्यार्थीहरूलाई समेत बधाई ज्ञापन गर्दै आगामी शैक्षिक यात्राको लागि सफलताको कामना व्यक्त गरे। उनले भने, “विद्यार्थीहरू राष्ट्रको भविष्य हुन्। यिनीहरूको परिश्रम र उपलब्धिले समाजको समग्र विकासमा टेवा पुर्‍याउनेछ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय