नेकपा एमाले निजगढ नगर कमिटीले ७४ औं जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ।
‘वर्तमान समाजमा जनताको बहुदलीय जनवाद (जवज) को महत्व’ विषयमा केन्द्रित प्रशिक्षण कार्यक्रम आगामी असार १४ गते शनिबार निजगढ-८ स्थित प्रणामी मन्दिरको हलमा हुनेछ।
कार्यक्रमका प्रमुख प्रशिक्षक नेकपा एमाले पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री पुरुषोत्तम पौडेल रहनेछन्।
नगर कमिटीका अनुसार प्रशिक्षण कार्यक्रममा वडा कमिटी अध्यक्षहरू, नगर कमिटी सदस्यहरू, नगर भित्र रहेका पार्टीका जिल्ला तथा प्रदेश कमिटी सदस्यहरू, जनवर्गीय संगठनका केन्द्रीय प्रतिनिधि कमरेडहरू तथा पार्टीबाट निर्वाचित सबै जनप्रतिनिधिहरूको अनिवार्य उपस्थिति अनिवार्य गरिएको छ।
नगर कमिटीले उक्त प्रशिक्षण कार्यक्रमलाई जननेता मदन भण्डारीप्रति श्रद्धाञ्जली स्वरूप विचार आदानप्रदान र वैचारिक सशक्तीकरणको अवसरको रूपमा लिएको जनाएको छ।



