निजगढ,
बारा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य एवम् नेकपा एमालेका पोलिटव्यूरो सदस्य अच्युत मैनालीले बिहीवार निजगढ फुटबल क्लबका खेलाडीसंग भेट गर्नुभएको छ ।
शहीद हिरालाल रंगशालामा प्रशिक्षणरत खेलाडीसंग खेल मैदानमै पुगेर भेट गर्नुभएका सांसद मैनालीले स्वास्थ्य र अनुशासनका लागि खेलकुदको निक्कै ठूलो महत्व रहेको बताउनुभयो । खेलाडीलाई हौसल दिदै सांसद मैनालीले अध्ययन र खेललाई संगसंगै अघि बढाउन पनि आग्रह गर्नुभएको थियो । पतिनिधि सभाको बेरुजु फस्र्यौट समितिका अध्यक्ष समेत रहनुभएका मैनालीले आर्थिक वर्ष २०८२÷०८३ मा सरकारले लिएको ‘एक प्रदेश तीन विद्यालयमा खेलकुद एकेडेमी’ निर्माण गर्ने नीतिलाई कार्यान्यवन गराउनुपर्ने बताउनुभएको थियो ।
सांसद मैनालीले मधेस प्रदेशको तीन एकेडेमीमध्ये एउटा एकेडेमी निजगढमा बनाउनका लागि आफूले पहल गर्ने समेत बताउनुभयो । सांसद मैनालीले निजगढसंगै बारा क्षेत्र नम्बर १ मा खेल क्षेत्रको विकासमा काम गर्ने प्रतिवद्धतासमेत व्यक्त गर्नुभएको थियो ।
सो क्रममा एमाले निजगढ नगर कमिटी अध्यक्ष तिलक घलान, निजगढस्थित गौरीशकर सञ्चालक समितिका अध्यक्ष एकबहादुर श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।



