निजगढ,

बाराको निजगढ र महागढीमाई नगरपालिकामा बिहीवार नियमिति खोप सुदृढीकरण पूर्णखोप सुनिश्चितता र दीगोपनाको लागि नगर स्तरीय घोषणा सभाको आयोजना गरिएको छ ।

पूर्ण खोपयुक्त पालिका घोषणापछि खोपको निरन्तरत, सुनिश्चिता तथा दिगोपनाको लागि घोषणासभा कार्यक्रम आयोजना गरिएको हो । निजगढलाई ०७१ सालमा पूर्ण खोपयुक्त पालिका घोषणा गरिएको थियो ।

निजगढ नगरपालिका स्वास्थ्य शाखाका प्रमुख रमेश लामाको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख सोममाया थिङ्ग, निजगढका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रबहादुर अर्याल, जिल्ला जनस्वास्थ्य कार्यालय कलैयाका प्रमुख रामनरेश यादव, निजगढ वडा नम्बर ४ का वडा अध्यक्ष बिसन सापकोटा, स्वास्थ्य शाखाका उपप्रमुख मणिश्वर घिमिरेलगायतले पूर्णमात्रामा लगाइने खोपको महत्व र त्यसको निरन्तरताको बारेमा बोल्नुभएको थियो ।

त्यसैगरी महागढीमाईमा भएको कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष बिश्वनाथप्रसाद कुशवाहाले ब्यानर पढेर नगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गर्नुभएको थियो ।

नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा बरियारपुरस्थित सभा हलमा सम्पन्न उक्त घोषणासभामा नगर उपप्रमुख तारादेवी कानु, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण साह, जनस्वास्थ्य अधिकृत विजयप्रसाद कुशवाहा, जिल्ला स्वास्थ्य कार्यालय बाराका जनस्वास्थ्य अधिकृत खुर्सिद अहमद, शिक्षा शाखा प्रमुख रामविश्वास चौरसिया, क्षयरोग कार्यक्रम संयोजक दिवाकर चौधरी, नगरपालिका अन्तर्गतका विभिन्न शाखाका प्रमुख, कर्मचारी, पालिकाभित्रका सबै स्वास्थ्य संस्था प्रमुख तथा स्वास्थ्य चौकी प्रमुखहरूका साथै सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन जनस्वास्थ्य निरीक्षक मनोज चौरसियाले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय