निजगढ नगरपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत कृषि शाखाले केरा बिमा गरेका कृषकहरूलाई ५० प्रतिशत अनुदानमा स्प्रेयर ट्रान्की वितरण गरिने भएको छ।

नगरपालिकाले यही २०८२ साल जेठ १६ गते सूचना प्रकाशित गरी आवेदन आह्वान गरेअनुसार कृषि शाखामा नाम दर्ता गराएका कृषकहरूलाई भोलि असार २ गते बिहान ११ः३० बजे स्प्रेयर ट्रान्की वितरण गरिने जनाइएको छ।

वितरण कार्यक्रम निजगढ नगरपालिकाको सभाहलमा आयोजना हुनेछ। प्रत्येक कृषकले रु १८०० तिर्नुपर्ने व्यवस्था गरिएको छ भने सोही बराबरको रकम नगरपालिकाले अनुदानस्वरूप उपलब्ध गराउनेछ।

नगरपालिकाले स्प्रेयर ट्रान्की बुझ्न आउने कृषकहरूलाई आर्थिक वर्ष २०८१/०८२ को केरा बिमा लेखको सक्कल वा प्रतिलिपि अनिवार्य रूपमा साथमा ल्याउन अनुरोध गरेको छ।

कार्यक्रमका बारेमा थप जानकारी दिँदै प्रमुख प्रशासकीय अधिकृत (उपसचिव) राजेन्द्र बहादुर अर्यालले तोकिएको मिति, समय र स्थानमा उपस्थित भई कृषकहरूले यस योजनाको लाभ लिन सक्ने जानकारी दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय