सर्वोच्च अदालतले ज्ञानेन्द्र शाहीलाई २४ घण्टा भित्र उपस्थित गराउन आइतबार सरकारलाई आदेश दिएको छ । न्यायाधीश हरिप्रसाद फुँयालको इजलासले आदेश पाएको २४ घण्टा भित्र शाहीलाई उपस्थित गराउन आदेश दिएको हो ।

बन्दाबन्दीको अवस्थामा शाहीलाई हाजिरी जमानीमा छाड्न वा तारेखमा राख्न नसकिएको कारण पनि स्पष्ट गरी लिखित जवाफ पेश गर्न पनि सर्वोच्चले आदेश दिएको छ । शाहीलाई निम्न आय भएका ब्यक्तिलाई राहत वितरण गरेको मुख्य आरोप लगाई केही दिन अघि पक्राउ गरिएको उहाँका कानून व्यवसायी ज्ञानेन्द्रराज आरनले जानकारी दिनुभयो ।

सर्वोच्चले शाहीविरुद्ध तयार भएको सक्कल फाइल पछि फिर्ता लाने गरी ल्याउन पनि आदेशमा सरकारलाई भनेको छ । इजलासबाट भएको यो आदेश आजै आइतबार सरकारसमक्ष लान सर्वोच्चले प्रशासनलाई आदेश दिएको छ । शाहीसँगै बन्दी बनाइएका शक्तिराज शाहीलाई पनि उपस्थित गराउन सर्वोच्चको आदेश छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय