विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलन सक्ने भन्दै कोरोना भाइरस रोकथाम, अनुगमन तथा व्यवस्थापन सम्वन्य समितले निजगढ नगरपालिकाका रहेका दैनिक उपभोग्य सामाग्री तथा खाद्यान्न विक्रेताका पसलहरु भोलीबाट बिहान ६ बजे देखि बिहान १० बजे सम्म मात्रै खोल्ने निर्णय गरेको छ ।

आज निजगढ नगरपालिकाको सभा हलमा बसेको कोरोना भाइरस रोकथाम, अनुगमन तथा व्यवस्थापन सम्वन्य समितको बैठकले सो निर्णय गरेको हो । समितका संयोजक मेयर सुरेशकुमार खनालको सभापतित्वमा आज सम्पन्न भएको बैठकले ६ बुदे निर्णय गरेको छ ।

त्यस्तै बैठकलेसो निर्णय पालना नगर्नेलाई कारबाहि समेत गरिने निर्णय गरेको छ । दैनिक उपभोग्य सामाग्री तथा खाद्यान्न पसलले उक्त निर्णय पालना नगरेमा व्यवसायको प्रकृति अनुसार पहिले पटक रु एक हजार (१,०००) देखि रु तिन हजार (३,०००) सम्म जरिवाना गर्ने र पुर्ण दोहो¥याएमा सोको दौब्बर रकम जरिबना गरिने निर्णय गरेको छ ।

यस्तै बैठकले गरेका निर्णयहरु

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय