निजगढ,
निजगढ नगरपालिकामा नगर स्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता शुक्रवारबाट शुरु हुने भएको छ ।

निजगढ नगरपालिका निजगढ नगर खेलकुद विकास समितिको आयोजनामा यहि जेठ २ र ३ गते प्रथम नगरस्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता हुन लागेको हो ।

नगर खेलकुद विकास समितिका सदस्य एंव बारा जिल्ला तेक्वान्दो संघका अध्यक्ष चित्रबहादुर लामाले प्रतियोगिताको उद्धाटन शुक्रवार विहान ८ बजे निजगढस्थित बैंन्क्युट हलमा हुने जानकारी दिनुभयो । निजगढ तेक्वान्दो डोजाङको व्यवस्थापनमा हुने प्रथम निजगढ नगर स्तरीय खुल्ला तेक्वान्दो प्रतियोगितामा नगरका विभिन्न ६ वटा डोजाङका खेलाडीहरुले सहभागिता जनाउने आयोजकले जनाएको छ ।

प्रतियोगितामा बारा जिल्ला तेक्वान्दो डोजाङ, श्री नेत्रोदय तेक्वान्दो डोजाङ, श्री जनज्योति तेक्वान्दो डोजाङ, स्मार्ट सिटी बागदेव तेक्वान्दो डोजाङ, श्री नेरामावि तेक्वान्दो डोजाङ र सत्यश्वर तेक्वान्दो डोजाङले सहभागिता जनाउने छन । प्रतियोगितामा पुरुषतर्फ २० देखि ६६ केजी मुनि र महिलातर्फ २० देखि ६२ केजी तौल समूह मुनिका खेलाडीहरु सहभागी हुन पाउने व्यवस्था गरिएको छ ।
प्रतियोगितामा प्रथम हुने टोलीले नगद ३० हजार, द्वितीय खेलाडीले नगद २० हजार तथा तृतीय खेलाडीले नगद १० हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष लामाले बताउनुभयो । यस्तै महिला र पुरुष दुबैमा उत्कृष्ट खेलाडीलाई पनि पुरस्कारको व्यवस्था रहेको उहाँले जानकारी दिनुभयो ।

निजगढ– ८ स्थित कभर्ड हलमा हुने प्रतियोगितामा संचालन हुने आयोजकले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय