
निजगढ । प्रथम विकल रेग्मी स्मृति जुनियर फुटवल प्रतियोगिताको शनिवार भएको पहिलो सेमीफाइनल खेलमा निजगढ वडा नम्बर ४ विजयी भएको छ । जितसंगै वडा नम्बर ४ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
वडा नम्बर ४ ले वडा नम्बर १ को टोलीलाई २÷१ ले पराजित गरी सेमिफाइनलमा स्थान पक्का गरेको हो । प्रतिस्पर्धात्मक खेलमा वडा नम्बर ४ समिर कुुमरले मध्यान्तरपछिको तेस्रो मिनेटमा टिमलाई अग्रता दिलाएका थिए । एक गोलले पछि परेको अवस्थालाई उल्टाउदै वडा नम्बर १ का प्रकाश मोक्तानले टोलीलाई खेलमा फर्काएका थिए । मोक्तानले मध्यान्तरपछिको छैठौं मिनेटमा बराबरी गोल गरेका हुन ।
बराबरीपछि थप रोमाञ्चक बनेको खेलमा वडा नम्बर ४ का समिर कुुमरले नै टिमको लागि दोस्रो गोल गरे । उनले मध्यान्तरपछिको ३०औं मिनेटमा निर्णायक गोल गरेका हुन । समिर कुुमरले नै खेलको म्यान अफ दि म्याचको उपाधि हात पारे ।
उनलाई १ हजार नगद र ट्रफि स्व. विकल रेग्मीकी आमा कमला रेग्मी, वडा नम्बर ४ का वडा सदस्य सागर गौतम, समाजसेवी बेनीबहादुुर मोक्तान, निजगढ नगर खेलकुुद विकास समितिका सदस्य धनबहादुुर लामाले संयुुक्त रुपमा ट्रफि र नगद पुरस्कार प्रदान गरेका थिए । कुवरलाई थप प्रोत्सहानको लागि भन्दै सोही वडाका युवा समाजसेवी अजय कुमरले १ हजार ५ रुपैया नगद समेत प्रदान गरेका छन । आइतवार हुने दोस्रो सेमिफाइनल खेलमा वडा नम्बर ७ र वडा नम्बर ११ ले प्रतिस्पर्धा गर्ने प्रतियोगिता व्यवस्थापक निजगढ फुटवल क्लबका अध्यक्ष शम्भु थापाले जानकारी दिनुभयो ।
शुक्रवार भएका २ खेलमा वडा नम्बर ४ र वडा नम्बर ११ को टोली विजयी भएको थियो । । पहिलो खेलमा वडा नम्बर ४ ले वडा नम्बर ३ लाई १÷० मा पराजित गरेको थियो भने दोस्रो खेलमा नम्बर ११ ले वडा नम्बर ८ लाई पराजित गरेको हो ।
निजगढ नगरपालिकाको आयोजनामा निजगढ ९ स्थित शहीद हिरालाल रंगशालामा जारी प्रतियोगिताको विजयी टोली ५० हजार नगद पुरस्कार र ट्रफी प्राप्त गर्नेछ ।