
निजगढ । नेकपा एमाले पोलिटब्युरो सदस्य एंव युवा तथा खेलकुद पूर्वमन्त्री पुरुषोत्तम पौडेलले निजगढ नगरको संगठन बारा जिल्लामा नेकपा एमालेका नेता कार्यकर्ताहरुको उर्जा र प्रेरणाको स्रोत भएको बताउनुभएको छ ।
नेकपा एमाले निजगढ नगर कमिटीको तोस्रो नगर अधिबेशनबाट नवनिर्वाचित पदाधिरीकारी तथा सदस्यहरुको शनीवार भएको सपथ ग्रहण कार्यक्रममा प्रमुख अतिथिको आशानबाट बोल्दै नेता पौडेलले सो कुरा बताउनुभएको हो । आम निर्वाचन वा कुनै आन्दोलनको समयमा पनि जिल्लाका अन्य पालिकाका पार्टीका नेता कार्यकर्ताहरुको निम्ति निजगढ प्रेरणा र उर्जाको स्रोतको रुपमा रहदैआएको उहाँले बताउनुभयो । ‘निर्वाचनको बेला जिल्लाका अन्य सबै पालिकाका एमाले कार्यकर्ताहरुले निजगढलाई हेरेका हुन्छन, उहाँले भन्नुभयो, निजगढको संगठन राम्रो र मजबुद भयो भने जिल्लाभरि त्यसको सन्देश जान्छ र निर्वाचनमा एमालेको पक्षमा लहर चल्छ ।’
पञ्चालयतीकालदेखि नै निजगढ नेकपा एमालेको बलियो जनाधार र संगठन भएको पालिकाको रुपमा रहेको पनि बताउनुभयो । २०४६ सालको पञ्चायत विरोधी आन्दोलन र २०६२/२०६३ को जनआन्दोलन सफल पार्न पनि निजगढका नेकपा एमालेका कार्यकर्ताहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । प्रजातन्त्र पूर्नवहाली र लोकतन्त्रिक गणतन्त्रको लागि भएको आन्दोलनमा निजगढमा एमालेले खेलेको भूमिकाले नै यस क्षेत्रमा एमालेको जनधार बलियो भएको पनि उहाँको जिकिर थियो ।
उहाँले पार्टीको नेतृत्व चयनको लागि मतदान हुनु नयाँ र अनौठो विषय नभएको पनि बताउनुभयो । ‘सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्नुपर्र्छ, सहमति हुन नसकेको खण्डमा मतदानबाट छानिन्छ, उहाँले भन्नुभयो, ‘पार्टीको नीति र विधानले नै स्वीकार गरिसकेको यो विधिलाई अन्यथा मान्नुहुन्न ।’
नेता पौडेलले मतदानमा प्रतिस्पर्धा गरेर उत्कृष्ट ठहरिएका र निर्वाचित भएकाहरुलाई बधाई दिदै निर्वाचन भयो भन्दैमा अन्यथा लिनुपर्ने र डराउनुपर्ने अवस्था नभएको उहाँको भनाई थियो ।
विगतका केही कमिकमजोरी रहेको भए पार्टीलाई बलियो पार्न वैचारिक, संगठनात्मक तथा आचरण र व्यवहारिक रुपमा पनि आफूलाई तयार पारेर अघि बढन पनि उहाँले नगर कमिटीका नवनिर्वाचित पदाधिकारीहरुसंग आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै अर्का पोलिटब्युरो सदस्य मैनालीले देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि देश र जनाताको पक्षमा उल्लेखनीय काम भएको बताउनुभयो । ‘सरकार संचालनको लागि आवश्यक बहुमत नहुँदा हामीले पनि चाहेअनुसार काम गर्न सकेका छैनौं, उहाँले भन्नुभयो, तर देशमा केही पनि भएको छैन भन्ने भाष्य सृजना गर्न खोजिनु गलत हो ।’
उहाँले संघ, धेरै प्रदेश र स्थानीय तहमा पनि एमाले नेतृत्वको सरकारले काम गरिरहेको बताउदै उहाँले आवश्यक बहुमत नहुँदा चाहे जसरी काम गर्न नसकिएको बताउनुभयो ।
नेता मैनालीले जनताले चाहे जसरी काम गर्न आगामी निर्वाचनमा एमालेले देशका ३ वटै तहमा एकल बहुमतका साथ सरकारको नेतृत्व गर्न पाउनुपर्ने बताउनुभयो । ‘जबसम्म एमालेको एकल बहुमतको सरकार बन्दैन, तबसम्म जनताले चाहे जसरी सरकारले काम गर्न सक्दैन ।’ उहाँले भन्नुभयो । यसकोलागि ०८४ को चुनावमा एमालेलाई विजयी तुल्याउनुपर्ने उहाँको भनाई थियो ।
नेकपा एमाले मधेस प्रदेश सदस्य एंव एमाले निजगढ नगर अधिवेशन बन्द सत्र अध्यक्ष मण्डलकी अध्यक्ष लिलादेवी लामिछाने खनालको अध्यक्षतामा भएको सो कार्यक्रममा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य मञ्जु थापा, नेकपा एमाले निजगढ नगर कमिटीका पूर्व अध्यक्ष एंव निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरी, नेकपा एमाले निजगढ नगर कमिटीमा नवनिर्वाचित अध्यक्ष तिलक घलान, अध्यक्ष पदका प्रत्यासी जयराम कुमारले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा नगर अधिबेशन निर्वाचन कमिटीका प्रमुख निर्वाचन अधिकृत गोकुल घोरसाइनेले नवनिर्वाचित अध्यक्ष घलानलाई पद तथा गोपनियताको सपथ खुवाएपछि अध्यक्ष घलानले अन्य पदाधिकारी र सदस्यहरुको सपथ गराउनुभएको थियो । कार्यक्रमको संचालन निर्वाचन कमिटीका निर्वाचन अधिकृत रुद्र धितालले गर्नुभएको थियो ।
अधिवेशनले तिलक घलानको अध्यक्षतामा ५५ सदस्यीय नयाँ नगर कमिटी गठन गरेको थियो । नगर कमिटीका सदस्यहरु सर्वसम्मत चुनिए पनि अध्यक्षसहित ५ जना पदाधिकारीहरु भने मतदानबाट चुनिएका थिए । जसअनुसार नगर कमिटीको उपाध्यक्षमा सम्झना थापा, सचिव थानेश्वर सापकोटा र सहसचिवमा पुरुषोत्तम भट्टराई र जानुका न्यौपानले निर्वाचित भएका छन ।