
इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुमित कुशवाहाको सरुवा भएको छ ।
उनको वडा प्रहरी कार्यालय बैदाम कास्कीमा भएको हो ।
कुशवाहाको सरुवासंगै इलाका प्रहरी कार्यालय निजगढमा जिवन लामिछाने आउने भएका छन् । उनी अख्तियार दुरूपयोग अनुसन्धान आयोग कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगजंबाट निजगढ आउन लाागेका हुन् ।
ट्राफिक प्रहरी निरीक्षक दुवालको सरुवा
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक नीरु दुवालको सरुवा भएको छ । उनको काठमाडौं उपत्यका प्रहरी प्रशासन शाखा रानिपोखरीमा सरुवा भएको हो ।
दुवालको सरुवासंगै जिल्ला ट्राफिक प्रहरी कार्यालय बारामा दिपक को. सी. आउने भएका छन् । उनी जिल्ला प्रहरी परिसर काठमाडौं मानवश्रेत व्यवस्थापन शाखाबाट बारा आउन लाागेका हुन् ।
नेपाल प्रहरीले एकै पटक ३ सय ११ जना प्रहरी निरीक्षकको सरुवा गरेको हो ।