लकडाउन उल्लंघन गरेको आरोपमा एक महिनामा ९३ हजारभन्दा धेरै कारबाहीमा परेका छन् । जसमध्ये कतिपयलाई मुद्दा नै चलाइएको र केहीलाई प्रहरीले सडकमै केही घन्टा नियन्त्रणमा लिएर छाडेको छ । 

बुधबार बेलुकासम्मको तथ्यांकअनुसार ९३ हजार पाँच सय ३९ जना पक्राउ परेको प्रहरी प्रवक्ता एसएसपी उमेशराज जोशीले बताए । कारबाहीमा परेकामध्ये ७६ हजार तीन सय ९७ जना उपत्यकाका छन् ।

त्यस्तै, प्रदेश १ मा पाँच हजार दुई सय ९०, प्रदेश २ मा पाँच सय ९२, बागमतीमा दुई हजार आठ सय ७६, गण्डकीमा तीन हजार ८०, प्रदेश ५ मा एक हजार एक सय ४३, कर्णालीमा दुई हजार चार सय ५५ र सुदूरपश्चिम प्रदेशमा एक हजार सात सय ४६ जना कारबाहीमा परेको प्रहरीले जनाएको छ । 

यस अवधिमा प्रहरीले देशभरिबाट ४१ हजार तीन सय आठ सवारीसाधन नियन्त्रणमा लिएको छ । जसमध्ये सात हजार नौ सय १३ प्रहरी कार्यालयमै छन् । सबैभन्दा धेरै उपत्यकामा ११ हजार आठ सय ८४ सवारीसाधन नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय