
निजगढ नगरपालिका नगर कार्यपालिकाले निजगढका स्वर्गीय प्रशिक्षार्थी फुटबल खेलाडी विकल रेग्मीको स्मृतिमा आगामी वैशाख २२ गतेदेखि ‘प्रथम विकल रेग्मी स्मृति जुनियर फुटबल प्रतियोगिता’ संचालन गर्नेभएको छ ।
निजगढ नगरपालिका कार्यालय शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख उत्तम लामिछानेले एउटा सूचना जारी गरेर प्रतियोगिता बारे जानकारी दिए ।
सूचनामा नगरपालिकाका प्रतेक वडाबाट १६ वर्षमुनिका किशोरहरुको एउटा/एउटा टोलीलाई सहभागी गराइने र सोको लागि इच्छुक खेलाडीहरूले यही वैशाख १५ गतेसम्म फाराम भरी प्रतियोगिता संचालक समितिमा पेश गर्नुपर्ने भनिएको छ ।
नगर खेलकुद विकास समितिको गत चैत्र १३ गतेको बैठकको निर्णायानुसार नगर खेलकुद विकास समितिको आयोजना तथा निजगढ फुटवल क्लब, निजगढ- ९ को व्यवस्थापनमा सहिद हिरालाल रंगशालामा प्रतियोगिता संचालन हुनलागेको हो ।
अखिल नेपाल फुटबल संघले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका सिस्नेरीस्थित वात्सल्यदेवी माध्यमिक विद्यालयमा सञ्चालन गरेको आवासीय एकेडेमीमा पढ्दै र फुटबल खेल पनि सिक्दै गरेका