निजगढ प्रहरीले निजगढ ८ तेक्वाण्डो कभड हल नजिकबाट ५ ग्राम ब्राउन सुगरसहित दुईजनालाई पक्राउ गरेको छ ।
पथलैयाबाट निजगढतर्फ आउदै गरेको म.प्र.०३–०३० प २९६१ नम्बरको स्कुटीलाई रोकेर चेकजाँच गर्ने क्रममा स्कटी चालक निजगढ ८ बकैया टोल बस्ने अन्दाजी वर्ष ३४ को कमल केसी र सोही स्कुटीमा पछाडि सवार निजगढ ९ बकैया बस्ने अन्दाजी बर्ष ४३ को राम गोपाल श्रेष्ठले बोकेको झोलामा लुकाइछुपाई ल्याउदै गरेको अवस्थामा ब्राउन सुगर फेला पारी निजलाई पक्राउ गरी आवश्यक कारबाहीको लागी बुधबार जिल्ला अदालत बाराबाट १० दिन म्याद थप गरी इलाका प्रहरी कार्यालय निजगढमा राखिएको प्रहरीले जनाएको छ ।



