
सहकारी दिवसको अवसरमा निजगढ ७ स्थित लोकप्रिय बचत तथा ऋण सहकारी सस्थाले निजगढ ६ को गौरीशंकर माध्यमिक विद्यालय सडकटोललाई साउण्ड सिष्टम सहयोग गरेको छ ।
विद्यालयमा भएको एक कार्यक्रममा सहकारी संस्था संचालक समितिका अध्यक्ष अम्बिका चौलागाई, व्यवस्थापक रोशन तिमल्सिनालगायतले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थानेश्वर सापकोटा र प्रधानाध्यापक यादवकुमार तिमल्सिनालाई सो साउण्ड सिस्टम हस्तान्तरण गरेका थिए ।
सहकारीले विद्यालयमा पिटीलगायतको क्रियाकलापमा उपयोग गर्न सो साउण्ड सिस्टम सहयोग गरेको सहकारी संस्थाका अध्यक्ष चौलागाईले जानकारी दिए ।