निजगढ नगरपालिकाले ६८ औं राष्ट्रिय सहकारी दिवस विविध कार्यक्रमसहित मनाइएको छ ।

सहकारी दिवसको अवसरमा प्रभातफेरि, अन्तरक्रिया र पुरस्कार वितरण गरिएको हो ।

‘मर्यादित सहकारी, समुन्नत समाज’ भन्ने मूल नाराका साथ निजगढ नगरपालिका कार्यालयको आयोजनामा सहकारी दिवस मनाइएको हो ।

निजगढ नगरपालिकाको प्राङ्गणबाट निस्किएको प्रभातफेरि निजगढस्थित पूर्वपश्चिम राजमार्गको बुद्धचोकबाट निजगढ ८ स्थित शुभकार्य बैंकुट सभाहलमा पुगेर अन्तरक्रिया कार्यक्रममा परिणत भएको थियो ।

कार्यक्रममा बोल्दै नगर उपप्रमुख सोममाया थिङले नगरपालिकाले नगरभित्रका सहकारी संस्थाहरुलाई मर्यादित तुल्याउन आवश्यक तयारी सुरु गरेको बताईन ।

कार्यक्रममा निजगढ नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद देवकोटा, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, पूर्व जनप्रतिनिधिहरू, विभिन्न सहकारी संघ-संस्थाका प्रतिनिधिहरू, सहकारी सञ्जाल निजगढका अध्यक्ष भोलाप्रसाद गौतम, जिल्ला सहकारी संघका सल्लाहकार अजय लामा, निजगढस्थित सहकारी संस्थाका प्रमुख तथा प्रबन्धकहरू, सञ्चारकर्मीहरू तथा नगरपालिका कार्यालयका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

सोही अवसरमा आयोजित ‘ग्रामिण अर्थतन्त्र विकासका लागि सहकारीको भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगिताका विजेताहरूलाई सम्मान गरिएको थियो ।

प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने सरिष्मा चौलागाईंलाई १० हजार, द्वितीय हने सम्पदा खरेललाई ७ र तृतीय स्थान हासिल गर्ने साहाना पौडेललाई ५ हजार रुपैयाँ नगद तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय