निजगढको गौरीशंकर क्याम्पसमा आगामी चैत्र ५ गते हुने स्ववियु निर्वाचनको लागि अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले चुनाव प्रचारलाई तीव्र पारेको छ ।

बालकृष्ण हुमागाईको नेतृत्वमा निर्वाचनमा उत्रिएको अनेरास्वयुका विद्यार्थीहरुको प्यानलले शुक्रबार रतनपुर क्षेत्रमा घरदैलो गरेर विद्यार्थीहरुसंग मत मागेको हो ।

अध्यक्षका उम्मेदवार बालकृष्ण हुमागाई, सचिव प्रेक्षा उप्रेती, कोषाध्यक्ष ललिता सापकोटा, सम्रिता श्रेष्ठ, नेहा कुवार, नेहाकुमारी ठाकुर, निशान्त गौतम, मोनिका घिमिरे, सारिका सुनार, सागर ढकाल र सुहाना श्रेष्लगायत प्रतक्ष्य र समानुपातिक तर्फका उम्मेदवारहरुसहित विद्यार्थीहरुले निजगढ नगरपालिका वडा नम्बर ११, १२ र १३ नम्बर वडाका मतदाता विद्यार्थीहरुको घरघरमा पुगेर मत मागेको हो ।

अनेरास्ववियुका उम्मेदवारहरुले बिहीवार निजगढ वडा नम्बर ९, ५ र वडा नम्बर ४ को शिखरबस्ति क्षेत्रमा घरदैलो गरेको र आज टाँगियाबस्तिमा घरदैलो गर्ने कार्यक्रम रहेको अध्यक्षका उम्मेदवार हुमागाईले जानकारी दिए ।

यसैबीच अनेरास्ववियु क्रान्तिकारीले पनि शुक्रबारबाट मतदाता घरदैलो शुरु गरेको छ । अध्यक्ष पदका उम्मेदवार उज्जल प्रसाई र सचिव पदका उम्मेदवार विशाल तिमल्सिनासहितको टोलीले निजगढ नगरपालिका वडा नम्बर ९ का मतदाताहरुको घरघरमा पुगेर मत मागेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय