
निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपसचिव अजय बर्तौलाको सरुवा भएको छ ।
बर्तौलाको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले काठमाण्डौंको बुढानिलकण्ठ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरेको हो ।
गत वर्ष पुष २३ गते निजगढ नगरपालिका कार्यालयमा हाजिर हुनुभएका बर्तौैलाको १ वर्ष २ महिना भित्रैमै सरुवा भएको हो । निजगढको प्रमुख प्रशासकीय अधिकृतमा उपसचिव युवराज आचार्य आउनुहुने भएको छ ।
आचार्य हाल संघीय मामला तथा स्थानीय प्रशासन मन्त्रालय अतिरिक्त समूहमा कार्यरत हुनुहुन्छ । यसअघि उहाँ कोन्ज्योसोम गाउँपालिका चौघरे,ललितपुरमा समेत प्रमुख प्रशासकीय अधिकृत थिए ।